एनआरएनलाई हेल्प नेपालको सहयोग

नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पिडित नेपालीहरुको सहयोगार्थ आयोजित लुभेन हेल्प नेपाल कार्यक्रमबाट Nepal actieजम्मा भएको रकम मध्ये २३ सय युरो भन्दा बढी रकम एनआरएन बेल्जियमलाई प्रदान गरिएको छ। पिडित सहयोगार्थ गत महिनाको अन्तिममा बेल्जियमको लुभेनमा एक बिशेष कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ नेपाली खाना समेत बिक्रीवितरण गरिएको थियो।
कार्यक्रममा लुभेन नगरपालिकाका मेयर लुईस तवाक समेत उपस्थित थिए । क्रिष्टोफ, पत्रकार पाउल थुनिसेन, लंगको सक्रियतामा सम्पन्न कार्यक्रमलाई नेपाली समुदायले सघाएका थिए।