एनआरएनमा बेल्जियमबाट तिनजना निर्वाचित

गैर आवासीय नेपाली संघ(एनआरएन)को आगामी कार्यकालको लागी बेल्जियमबाट तिन जना निर्वाचित भएका छन। arjunविहिवार सम्पन्न निर्वाचनमा सचिवमा अर्जुनकुमार श्रेष्ठ, महिला उप संयोजकमा रजनी प्रधान र युरोप क्षेत्र उप संयोजकमा प्रेम गुरुङ निर्वाचित भएका हुन्।

एनआरएन बेल्जियमको स्थापनाकालदेखि नै एनआरएन अभियानमा समाहित भएका श्रेष्ठ एनआरएन बेल्जियमबाट लगातार दुइ पटक आईसीसी सदस्यका साथै युरोप क्षेत्र संयोजक थिए। महिला उप संयोजकमा पुन निर्वाचित रजनी प्रधानले उप संयोजकको रुपमा एक कार्यकाल काम गरिसकेकी थिइन् । त्यसै गरी युरोप क्षेत्र उप संयोजकमा निर्वाचित प्रेम गुरुङ एनआरएन rajaniबेल्जियमका नि वर्तमान अध्यक्ष थिए । गुरुङले बेल्जियममा परोपकारी कोष गठन गरेर सबै बाट प्रशंशा बटुलेका थिए ।