एनआरएन-युरोपद्वारा सरकारलाई ध्यानाकर्षण

गैर-आवासीय नेपाली संघ (एनआरएनए ) को जुन ७ र ८ गरी दुई दिन सम्म स्पेनको बार्सिलोनामा आयोजित सातौं युरोपेली क्षेत्रीय बैठक तथा पाचौं क्षेत्रीय महिला भेलाले  १४ वटा  निर्णय गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ| सम्मेलनले नेपाली भाषा बोलेकै आधारमा युरोपियन मुलुकबाट आधिकारीक कागजबिना नेपालीहरुलाई नेपाल सुपुर्दगी गर्ने प्रक्रिया तथा  नागरिकताको निरन्तरतको साथै नेपालमा  युरोपियन मुलुकको  दूतावास स्थापनाको बिषयमा नेपाल सरकार सग अनुरोध गर्ने निर्णय गरेको छ |10415573_796000813751601_68685609500565525_n

एनआरएन सातौं युरोपेली क्षेत्रीय बैठक तथा पाचौं क्षेत्रीय महिला भेलाका  निर्णयहरु:

१)निर्धारित समयमा नै नेपालको संबिधान निर्माण गरी नयाँ संबिधानमा नेपाली नागरिकताको निरन्तरता लगायत गैर-आवासीय नेपाली,महिला,पिछडिएका बर्गका बिषयहरुलाई संबोधन गर्न यो बैठक अनुरोध गर्दछ|

२)स्पेनमा नेपालीहरुको संख्या बढ्दै गएको तथा स्पेनबाट बैदेशिक लगानीको संभावना रहेकाले नेपाल सरकारलाई स्पेनमा नेपाली दूतावासको स्थापना गर्न यस बैठक पुन आग्रह गर्दछ|स्पेनमा बस्ने नेपालीहरुको परिवार पुनर्मिलनका लागी आवेदन दिन दिल्लीस्थित स्पेनिस नियोगमा जानु पर्ने र आवेदनका लागी कागजातको प्रमाणीकरण पनि दिल्लीबाटै गर्नु पर्ने व्यवस्था भएकोले विभन्न समस्याहरु भोग्नु परेको छ|अत नेपालमा स्पेनको कुटनैतिक नियोग स्थापना गर्न पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ|

३)एमआरपी पासपोर्ट तथा १६ बर्ष पुगेका दोश्रो पुस्ताका गैर-आवासीय नेपालीहरुको राहधानी सहज रुपमा प्राप्त गर्ने वातावरण तयार गर्न यो बैठक नेपाल सरकारलाई अनुरोध गर्दछ|

४)युरोपका विभिन्न देशबाट आधिकारीक कागज बिना नेपाली भाषा बोलेकै आधारमा सुपुर्दगी गरेकाहरुलाई नेपाली अध्यागमन विभागले स्वीकार गर्ने क्रम घट्दो भए पनि यसलाई अझ बढी प्रभावकारी बनाउन नेपाल सरकारलाई अनुरोध गर्दछ|साथै नेपाली भाषाका कागजातको प्रमाणीकरणका लागी देखिएका समस्या समाधानका लागी समेत सरकारलाई ध्यानाकर्षण गराउदछ|

५)’अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकाश समिति’ को आग्रह बमोजिम गैर-आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्यव परिषदले शंखमुल घाट परिसरको ३२ रोपनी जमिनमा उधान एंव संरचना निर्माण गर्ने निर्णयको स्वागत गर्दै यो परियोजनाका लागी सहयोग गर्न यो बैठक प्रतिवद्वता जाहेर गर्दछ|

६)गैर-आवासीय नेपाली संघको आफ्नै भवन काठमाडौंमा निर्माण,बैदेशिक रोजगारमा रहेकाहरुको सहयोगार्थ अक्षयकोषको स्थापना,स्किल डेटाबेस,शिप एवं प्रविधि हस्तान्तरण लगायतका अन्तर्राष्ट्रिय समन्यव परिषदले अगाडी सारेका परियोजनाहरु युरोप क्षेत्रबाट पूर्ण रुपमा सहयोग रहने यस बैठक प्रतिवद्धता जाहेर गर्दछ|

७)’एक एनसीसी एक परियोजना’ अन्तर्गत नेपालमा बिभिन्न परियोजनाहरु संचालन गरीसकेका डेनमार्क,फ्रान्स,जर्मनी,नर्वे,स्विडेन र बेलायत लगायतका राष्ट्रिय समन्वय परिषदहरुलाइ धन्यवाद दिदै अन्य राष्ट्रिय समन्वय परिषदहरुलाई पनि आफ्ना परियोजनाहरु सिघ्र संचालन गर्नको लागी आग्रह गर्दछ|साथै लक्ष्मी प्रतिष्ठानको सक्रियतामा चितवन जिल्लाको लोथर गा.बि.स मा बसोवास गर्दै आएका चेपाङ समुदायको ‘सुरुङ देखि रिसोर्ट सम्म’ अभियानमा सहयोग स्वरूप घरहरु निर्माण गर्ने घोषणा गर्दछ|

८)युरोपका विभिन्न देशहरुमा बसोवास गर्दै आएका नेपाली महिला र बिदेशी नागरिकबाट जन्मेका बच्चाहरुले आमाको नेपाली नागरिकताको आधारमा नेपाली नागरिकता प्रमाण-पत्र प्राप्ति सहज बनाउन नेपाल सरकारलाई अनुरोध गर्दछ|साथै नेपालमा हुने गरेका महिला हिंसाका घटना प्रति चिन्ता व्यक्त गर्दै महिला हिंसाका दोषीहरुलाई दण्डको मापदण्ड तोक्न नेपाल सरकार सग माग गर्दछ|

९)बैदेशिक रोजगारका क्रममा शोषणको शिकार भै विभिन्न खाडी मुलुकबाट नेपाल फर्कन बाध्य महिलाहरुको लागी एनआरएन महिला फोरमको सक्रियतामा आपतकालीन राहत स्थापना गर्ने घोषणा गर्दछ|

१०)’गैर-आवासीय नेपाली सम्वन्धि बिधेयक २०६४’ पछी नेपालमा लगानीको वातावरण सहज भएकोले जलबिधुत लगायतका क्षेत्रमा सामुहिक लगानीको शुरुवात भएको अवस्थालाई मनन गर्दै नेपालले अपेक्षा गरे अनुरुपको लगानी बृद्वी गर्नका लागी नेपालको निजि क्षेत्र र गैर-आवासीय नेपालीबिचको साझेदारी,सानो तथा मध्यम स्तरको आय आर्जन भएका गैर-आवासीय नेपालीहरुको सहभागिता गराउन त यूवा उधमशिलता प्रबर्धन र बिकाशमा अग्रसर रहन अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्दछ|

११)गैर-आवासीय नेपाली संघ नेपालमा विधिवत रुपमा दर्ता भै सकेको अवस्थामा राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण क्रियाकलापहरु विधिसम्मत रहनु पर्ने तथा राष्ट्रिय समन्यव परिषदका बिधानहरुमा अन्तराष्ट्रिय समन्यव परिषदको बिधान संग एकरुपता आउनु पर्ने लगायतका विषयहरुमा प्रतिवद्धता जाहेर गर्दछ|

१२)सातौँ युरोपियन बैठकबाट बचत हुने रकमलाई गैर-आवासीय नेपाली संघले निर्माण गर्ने शंखमुल उधान,राष्ट्रिय समन्यव परिषद स्पेनको परोपकारी परियोजना र गैर-आवासीय नेपाली संघको आफ्नै भवन निर्माणका लागी रकम हस्तान्तरण गर्ने निर्णय गर्दछ|

१३) सातौँ युरोपियन बैठक सम्पन्न गर्न सहयोग गर्ने आतिथ्य राष्ट्रिय समन्यव परिषद स्पेन लगायत अन्य राष्ट्रिय समन्वय परिषदहरु,स्थानीय स्वयंसेवक,प्रायोजक,कलाकार,रक्तदानमा सहभागी रक्तदाता,संचारकर्मी,स्थानीय संघ-संस्थाहरु लगायत सबै पक्षलाई यो बैठक धन्यवाद व्यक्त गर्दछ|तथा युरोपका नेपाल पत्रकार महासंघको युरोप र बेलायत शाखाहरु तथा अन्य संघ-संस्थाहरुसंग समन्यव गर्ने प्रतिवद्वता व्यक्त गर्दछ|

१४)आगामी युरोपियन क्षेत्रीय बैठकको आतिथ्यता गर्नको लागी राष्ट्रिय समन्यव परिषद बेल्जियम,फिनल्याण्ड,जर्मनी,र डेनमार्कले ईच्छा गरेकोमा सबै राष्ट्रिय परिषदलाई धन्यवाद दिदै आठौं युरोपियन क्षेत्रीय बैठक सन् २०१५ मा डेनमार्कको कोपनहेगनमा आयोजना गर्ने निर्णय गर्दछ|