एनआरएन युरोप क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा ‘नेपाल प्रवर्द्धन साँझ’ को आयोजना

10296804_1512696282287046_1992931373458631257_nबार्सिलोना (स्पेन) , गैरआवासीय नेपाली संघ (एनआरएन) को शनिवारदेखि शुरु हुने सातौँ युरोपियन बैठक तथा पाचौँ महिला भेलाको पूर्व सन्ध्यामा नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनको लागि एनआरएन स्पेन, नेपाली दूतावास पेरिस र स्पेनका लागि नेपाली कन्सुलर कार्यालयको संयुक्त आयोजनामा शुक्रवार बार्सिलोनामा ‘नेपाल प्रवर्धन साँझ’ सम्पन्न भयो |

कार्यक्रममा नेपाल सरकारका पूर्व उर्जामन्त्री डा.प्रकाशशरण महत, फ्रान्सका लागि नेपाली राजदूत कृष्णमोहन श्रेष्ठ, एनआरएन अध्यक्ष शेष घले, युरोपका २७ वटै देशका गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, सदस्यहरु, केन्द्रिय सदस्यहरु, पूर्व केन्द्रीय अध्यक्षका साथै  स्पेनिस नागरिकहरु सहभागी भएका थिए | उक्त अवसरमा सागरमाथा आरोही स्पेनिस नागरिकहरुको सम्मानार्थ ‘रिसेप्सन अफ एभरेष्ट सबमिटर्स’ कार्यक्रमको समेत आयोजना गरीएको थियो| कार्यक्रममा नेपाली कलाकारहरुले नेपाली बहुसांस्कृतिक गित, नृत्य र संगीतले मनोरंजन प्रदान गरेका थिए| कार्यक्रममा वक्ताहरुले नेपाल र स्पेनबिचको सम्वन्धको साथै नेपालको वर्तमान अवस्था र लगानीको बिषयमा जानकारी गराएका थिए|

शनिवार देखि क्षेत्रीय बैठक शुरु हुदैछ| बैठकमा नेपाली नागरिकताको निरन्तरता,युवा शसक्तिकरण,कल्याणकारी कार्यका साथै बैदेशिक रोजगार र सुरक्षित आप्रवास जस्ता कुराहरुलाई बिशेष महत्वका साथ छलफल गरीने आयोजकले बताएका छन| यसका साथै एनआरएनले बिगतदेखि भन्दै र गर्दै आएका कार्यहरुको पनि मूल्यांकन गरीने भएको छ| सम्मेलन आईतवारसम्म चल्नेछ| 103 फोटो /युवराज गुरुङ