एनआरएनए बेल्जियमको वार्षिकसाधारणसभा अक्टोवर २३ मा

गैर आवासीय नेपाली संघ ( एनआरएनए ) बेल्जियमको वार्षिक साधारणसभा बेल्जियमको लुभेनमा हुदैछ । यहि अक्टोवरNRNA Belgium २३ आइतवारका दिन लुभेन स्थित ओन्सहाउसमा आयोजना गरिएको कार्यक्रममा सहभागिताको लागि एनआरएनए बेल्जियमले बेल्जियम स्थित सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई अनुरोध गरेको छ ।

साथै एनआरएनए बेल्जियमले वार्षिक साधारणसभाका लागि सम्पूर्ण तयारीहरु पूरा गरेको अध्यक्ष गंगाधर गौतमले बताए  । कार्यक्रम दिनको ठिक १ बजे बाट शुरु हुदैछ । कार्यक्रममा नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीका साथै एनआरएनएका उपाध्यक्ष कुमार पन्त समेत सहभागी हुदैछन ।