एनआरएनए कोषाध्यक्ष पदमा अमेरिकाबाट राजेन्द्र शिवाकोटीको उम्मेदवारी

आगामी असोज २७ देखि ३० ९अक्टोबर १४ देखि १७० सम्म काठमान्डौमा हुन् गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको अन्तरास्ट्रिय महाधिवेशन नजिकिने क्रम सँगै विभिन्न पदमा उम्मेद्वारी क्रम बढ्दो छ । एनआरएन अमेरिकाको कोषाध्यक्ष भैसकेका शिवाकोटी वर्तमान आइसीसीको कार्यसमितिमा सदस्य रहेका राजेन्द्र शिवाकोटीले कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

rajendra sivakotiनेपालमा रहँदा बैंकिंग छेत्रमा लामो समय काम गरेका शिवाकोटीले अमेरिकाबाट फाइनान्समा एमविए र एकाउण्टिङमा मास्टर गरेका छन् । विगत १५ वर्षदेखि अमेरिकामा बसेका शिवाकोटीले लस एन्जल्स क्यालिफोर्नियामा लामो समयदेखि लेखा परीक्षण तथा विभिन्न व्यापार व्यवसाय गरिरहेका छन् । शिवाकोटी निर्वाचित भएमा एनआरएनको इतिहासमा पहिलो सिए कोषाध्यक्ष हुनेछन् ।

‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएन अभियानमा अझ सशक्तढंगले प्रयोग गर्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ’ आफ्नो उम्मेदवारीबारे शिवाकोटी प्रष्ट्याउँदै भन्छन् ‘सङ्घको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारीढंगले चलाउने ज्ञान, सीप र योग्यता सहित अगाडि सरेको छु ।’ उनले एनआरएनको कोष चलाउन सदस्यहरूको सदस्यता शुल्कबाट मात्र भन्दा पनि दीर्घकालीन स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

एनआरएनएको आगामी नेतृत्वका लागि विश्वभरबाट दक्ष र अनुभवीहरुको आकाङ्क्षा बढ्नुलाई संस्थाको दीर्घकालीन हितको लागि उचित रहेको बताईन्छ । शिवाकोटीको दक्षता र अनुभवले एनआरएनएको संस्थागत विकाशको लागि थप टेवा मिल्ने यस क्षेत्रका अगुवाहरुको भनाई छ ।