एक छोरीको चिठी गुगललाई

काठमाडौं ,  ‘प्यारो गुगल, मेरो बुवा तपाईंकहाँ काम गर्नुहुन्छ। सातामा उहाँले पाउने छुट्टी भनेको शनिबार एक दिन मात्रै हो। यसपालि बुवालाई अर्कै दिन छुट्टी चाहिएको छ। कृपया उहाँलाई बुधबारको दिन छुट्टी मिलाइदिनू न!’ यो हो, सानी नानी क्याटीले आफ्ना पिता काम गर्ने ‘गुगल’लाई लेखेको चिठी।k2.items.cache.e88afee2d2152a1847b32b83f1b884ab_Lnsp_141

कहिलेकाहीँ सानोतिनो पहलले पनि मिठो पुरस्कार पाउँछ। यस्तै भएको छ ‘सिलिकन भ्याली’का नामले विख्यात अमेरिकी सहर सान फ्रान्सिस्कोस्थित
इन्टरनेट कम्पनी गुगलका कर्मचारीलाई!
छोरी क्याटीले लेखेको बालसुलभ चिठीका कारण गुगलका एक कर्मचारीले एक साताको छुट्टी पाएको लोकप्रिय अमेरिकी अनलाइन पत्रिका ‘हफिङटन पोस्ट’लाई उदृत गर्दै नागरिक दैनिकले छापेको छ|

क्याटीले इन्टरनेट संसारमा प्रसिद्ध कम्पनी गुगलमा काम गर्ने आफ्ना बुवाको जन्मदिन मनाउन साप्ताहिक विदाबाहेक एक दिन छुट्टी माग्दै बुवाका हाकिमलाई चिठी पठाएकी हुन्।