ईपर गुर्खा स्मारकका लागि अर्थमन्त्रीले बजेट दिने

MeninGate Ypresअन्तरार्ष्ट्रिय ट्रेड फेयर कार्यक्रमको लागि बेल्जियम आएका नेपालका अर्थमन्त्री शंकरप्रसाद कोईरालाले ईपरमा गुर्खाज स्मारक निर्माण गर्न नेपाल सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्| आईतवार ईपरको भ्रमण गरि फर्केका कोईरालाले ईपरमा सरकारको भूमिका के रहन्छ ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै उक्त कुरा बताएका हुन्|
बिदेशमा नेपाली ईतिहासलाई स्थापित गर्ने कुरामा सरकारले सहयोग गर्ने बताउदै उनले भने ‘सरकारको तर्फबाट ईपर स्मारक निर्माणको लागी २० लाख रुपैयासम्म सहयोग गर्न पहल गर्नेछु’|
ईपर नगरपालिकाले स्मारक निर्माण गर्ने जग्गा प्रदान गरे पनि नेपाली समुदायबीच कसले निर्माण गर्ने भन्ने बिषयमा अझै पनि साझा सहमति बन्न सकेको छैन|नेपाली समुदायबीच सहमति हुन नसक्दा दूतावास आफैले निर्माण गर्ने प्रक्रिया अगाडी बढाउने जानकारी केहि महिना अगाडी गराएको थियो|
– दीपक ज्योति पौडेल