पश्चिमी देशहरूमा इबोला संक्रमण फैलिने सम्भावना कम

विश्व स्वास्थ्य संगठनले अमेरिका र अन्य पश्चिमी देशह मा राम्रो स्वास्थ्य सुविधाका कारण इबोला भाइरस ठूलो परिमाणमा फैलिने सम्भावना नभएको जनाएको छ।
यसअघि अमेरिकी राष्ट पति बाराक ओबामाले पनि अमेरिकी नागरिकलाई इबोलाबाट संक्रमित हुने खतरा अत्यन्त न्यून रहेको बताएका थिए। यद्यपि उनले उक्त संक्रमणको रोकथामका लागि गम्भीर कदम चाल्न आदेश दिएका थिए।
ebola-virusप्राणघातक इबोला भाइरसको संक्रमणबाट अहिलेसम्म ४ हजार ५ सय जनाको मृत्यु भइसकेको छ। यसको सबैभन्दा बढी संक्रमण लाइबेरिया, सियरा लियोन र गिनीजस्ता पश्चिमी अफ्रिकी देशह मा देखिएका छन्।
वर्तमान संकटलाई लिएर विचारविमर्सका लागि युरोपेली संघका स्वास्थ्य मन्त्रीह को बैठक ब्रसेल्समा हुन गइरहेको छ।
डब्ल्यूएचओका रणनीतिक निर्देशक क्रिस्टोफर डेले अमेरिका वा पश्चिम युरोका देशह सम्म इबोला पुग्नु गम्भीर चिन्ताको विषय भएको बताए। उनले भने— उत्तरी अमेरिका र पश्चिमी युरोप, जहा स्वास्थ्य सुविधाह अत्यन्त मजबुत छन्, त्यहा इबोला भयावह हुने गरी फैलिने खतरा छैन।
बेलायत, क्यानडा र अमेरिकाले आ नो हवाई अड्डामा पश्चिम अफ्रिकाबाट आउने यात्रीह को परीक्षण बढाएका छन्।
अमेरिकाले टेक्सासमा इबोलाका बिरामीको उपचार गर्ने क्रममा संक्रमित भएका नर्स अम्बर विन्सनलाई विमान यात्रा गर्न कसरी अनुमति दिइयो भन्ने विषयमा जा च गरिरहेका छन्। अधिकारीह ले ती नर्सस ग विमानमा यात्रा गरिरहेका अन्य यात्रीह पत्ता लगाउने प्रयास गरिरहेका छन्।
टेक्सास राज्यमा लाइबेरियाली व्यक्ति थोमस डन्कनको इबोलाबाट मृत्यु भएको थियो। नर्स निना फाम र अम्बर विन्सनलाई उनको उपचारका क्रममा इबोला संक्रमित भएको हो।