आयुर्वेद शिक्षण अस्पतालको निर्माण सुरु

बेलझुन्डी, दाङमा २४ करोड रुपियाँ लगानीमा आयुर्वेद शिक्षण अस्पताल निर्माण सुरु भएको छ । ब्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी (बीएएमएस) अध्यापनका लागि शिक्षण अस्पतालको अभाव भएपछि ठूलो लगानीमा यो भवन बनाउन थालिएको हो । यहाँ ५० शय्या क्षमताको अस्पताल भवन निर्माण हुन लागेको हो । भवन निर्माणपछि बीएएमएस अध्ययनका साथै आयुर्वेद स्वास्थ्य उपचारमा सहज हुने बताइएको छ । अहिले बिजौरीस्थित आयुर्वेद अस्पतालमा प्रयोगात्मक सिकाइ भइरहेकोमा भवन तयार भएपछि यसैमा अध्यापन एवम् प्रयोगात्मक सिकाइ हुनेछ ।