आधुनिक उन्माद

(कविता )
आधुनिक उन्माद Dilli Amgai
याद गर्ने बेलामा
सपनाहरुलाई याद नगर्ने,
ब्युझिने बेलामा
स्पेनका साँढेझै,
अजिव अजिवका तमासा देखाउदै,
भावनाका कोमल थुँगाहरुलाई
किचिमिची पारेर,
बिजयको उन्माद देखाउने
के भएको हाम्रो समाज ?
आज लयमा छ,
अर्को दिन लय बिग्रिन्छ,
आज भावनामा छ ,
तर,
अर्को दिन आवेगले तर्सिन्छ
यहाँ त लय मिलाउने
भानु गला चाहिएको छ,
भावनाले संकेत् गर्ने
कर्मबिर घाँसी चाहिएको छ
यता खोज्यो उता खोज्यो
समयले आँफैलाई हुत्याइदियो
न भानु छन राम्भक्तमा रमाउने,
नत घाँसी छ परोपकारमा हराउने
गीता फेरी उनैको गाइएको छ,
बर्सै पिच्छे माला पनि पहीर्याइएको छ
तर क्रमश: क्रमश: भावना हराउदैछ,
म, भित्रको नश्वर हराउदैछ,
हामी, भित्रको मनुजता हराउदैछ,
आफ्नो पवित्र माटोले चुमेका
देशभक्तिका श्वरहरु हराउदै छन
हराउने क्रम बढ्दै जाँदा
कतै आँफै त अलापिने हैन,
यो भावना बिहिन मरुभुमीमा
अचम्म लाग्छ सोच्दै जाँदा,
अजिव अजिवका संकाहरुले
कतै त्यस्तै संकेत् त गरेको छैन ?
– डिल्ली राम अंमाई