अश्लील एस.एम.एस. पठाउने पक्राउ

अश्लील एसएमएस पठाउने एक व्यक्ति यहाँ विराटनगरमा पक्राउ परेका छन् ।

विराटनगर–५ बस्ने ३१ वर्षीय चन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोबाइलबाट उनले महिलालाई विभिन्न अश्लील एसएमएस पठाएको आरोपमा पक्राउ गरिएको हो ।