अमेरिकामा मोदी विरुद्वको मुद्वा खारेज

अमेरिकाको संघीय अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दायर मुद्दा खारेज गरेको छ | भारतको गुजरातमा Narendra-Modi6२००२ मा भएको दंगालाई लिएर मानवअधिकार समूह अमेरिकन जस्टिस सेन्टरले मोदीविरुद्ध मुद्दा दायर गरेको थियो | गुजरात दंगाका समय  मोदी गुजरातका मुख्यमन्त्री थिए |

कुनै पनि देशका प्रमुखविरुद्ध मुद्दा चलाउन नसकिने अदालतले बताएको छ | अभियोगपत्रमा मोदीमाथि तीन गम्भीर आरोप लगाएको थियो |

गत सेप्टेम्बरमा मोदी अमेरिका जाने बेला न्यूयोर्कको एक अदालतले उनीविरुद्ध नोटिस जारी गरेको थियो | तर, अमेरिकी विदेश मन्त्रालयले भारतीय प्रधानमन्त्रीका रुपमा उनी कुनै पनि कानूनी उल्झनबाट अलग रहने बताएको थियो |

अहिले अदालतले त्यसलाई  आधार बनाएर मोदीविरुद्धको मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ |