अमेरिकामा अश्वेत जनसंख्या बढ्दो

अमेरिकामा काला अर्थात अश्वेत जातिको जनसंख्या १४.६ प्रतिशत पुगेको छ। जुन तुलनात्मक रूपमा इतिहास मै धेरै हो।

अमेरिकामा अश्वेत जातिको जनसंख्या तीव्र गतिमा बढेको छ । प्यू रिसर्च सेन्टरको सरकारी तथ्याङ्कको विश्लेषण अनुसार अमेरिकामा बसोबास गर्ने अश्वेत मानिसहरूको जनसंख्या सन् २०२२ मा ४७.९ मिलियनको नयाँ उचाइमा पुगेको छ, जुन सन् २००० देखि करिब एक तिहाइ वा ३२ प्रतिशतले वृद्धि भएको रेकर्ड गरिएको छ। वास्तवमा, यस अवधिमा अमेरिकन ब्ल्याक भनिने अश्वेत जनसंख्या उस्तै अनुपातमा रहेको छ।तर, अमेरिकाबाहिर जन्मेका मानिसहरू अर्थात आप्रवासीहरूको संख्या ह्वात्तै बढेको रेकर्ड गरिएको छ। तसर्थ, यो जनसंख्या वृद्धि परम्परागत काला जातिको भन्दा आप्रवासी कालाहरूको कारणले भएको हो।

प्यू रिसर्च सेन्टरको भर्खरै अद्यावधिक गरिएको डेटा अनुसार अमेरकाको दक्षिणी र दक्षिणपूर्वी राज्यहरूमा आधाभन्दा बढी अश्वेत कालाहरू बस्दछन्।

अमेरिकाका कुन कुन राज्यमा विगत १२ वर्षमा अश्वेत जातिको जनसङ्ख्या कति बढेको छ भन्ने विस्तृत रेकर्ड पनि तयार गरिएको छ । अमेरिकामा अश्वेत मानिसको संख्यामा सबैभन्दा धेरै वृद्धि सन् २०१० र २०२२ को बीचमा भएको छ।

जनसंख्याको हिसाबले सबैभन्दा ज्यादा काला जातिहरू बस्ने राज्यहरूमा टेक्सास, फ्लोरिडा र न्युयोर्क पर्दछन्। तर अनुपातको हिसाबले कोलम्बिया डिस्ट्रीक, मिसीसिपी र लुजियानामा घनत्व ज्यादा रहेको छ।