चर्चित सामाजिक सञ्जाल फेसबुकले ‘वान्ट’ र ‘कलेक्ट’ बटन चाडै नै ल्याउन लागेको छ। फेसबुकले ल्याएको ‘लाइक’ बटन प्रयोगकर्ताहरुमाझ निकै लोकप्रिय बनेपछि उसले थप दुई नयाँ बटन ल्याउन लागेको हो।

उक्त फिचर ल्याइसकेपछि प्रयोगकर्ताले फेसबुकमा लग इन गरिसकेपछि ‘कलेक्शन’ फिचर देखाएमा लाइक समेत गर्न सक्नेनेछन्। यति मात्रै नभएर प्रयोगकर्तालाई नयाँ उत्पादन मन परेमा ‘वान्ट’ बटन क्लिक गरेर एक्कै ठाउँमा ‘कलेक्ट’ गर्न सक्नेछन्।
फेसबुकले विशेष गरी अनलाइन रिटेलरलाई आफ्नो उत्पादन देखाएर ग्राहकलाई उक्त समान किन्न उत्साहित गर्ने प्रयास गर्नेछ। यस्तो बिक्रीबाट फेसबुकले अनलाइन रिटेलरबाट केही पैसा पनि कमाउन सक्नेछन्। यदि उत्पादनको खरिदविक्री बढेमा रिटेलर फेसबुकमै विज्ञापन गर्न सक्नेछन्।
अहिले विश्वभर करीब एक करोडभन्दा बढी मानिसहरु फेसबुक चलाउने भएकाले जुन कम्पनीले आफ्नो उत्पादन ग्राहकलाई बेच्न सक्यो उसको लागि यो दुई फिचर अवसर बन्न सक्ने अनुमान गरिएको छ।