अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखा गठन

बहराइनमा रहेका नेपाली कलाकारहरुको सक्रियतामा अन्तराष्ट्रिय कलाकार मंच शाखाको गठन गरीएको छ|सितल रेस्टुरेन्टमा ८ अगस्तमा सम्पन्न भेलाले  अर्जुन दुलालको अध्यक्षतामा समिति गठन गरेको छ |जसमा उपाध्यक्ष द्वय गजेन्द्र बोहरा र  रुपा गिरी डाँगी,महासचिव राजन सुवेदी ,सचिव अरुण क्षेत्री,सहसचिव सपना शेर्पा ,कोषाध्यक्ष प्रकाश पाठक,सह-कोषाध्यक्ष निरज लिम्बू ,सदस्यहरु सुरेन्द्र राई,खड्ग मगर ,बसन्त बिष्ट ,मान बा.गुरुङ ,जगदीश घिमिरे ,टीका लिम्बू ,मोहन दाहाल ,सुरेश थापा,ललित थापा मगर,दिपक घिमिरे र सविन लिम्बू निर्वाचित भएका छन|सस्थाका प्रवक्तामा अच्यूत प्रसाद पौडेल रहेका छन्|यसै गरी  सन्तोस दाहाल,दुर्गा गिरी,शालिकराम पन्त ,कृष्ण हमाल ठकुरी ,काशीनाथ पौडेल ,मिलन लामा सल्लाहकार चयन भएका छन्|

kalakar manch baharain

यो अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखाको संस्थापक समिति भएकोले आगामी दिनमा छुट भएका वा नव आगन्तुक कलाकर्मी साथीहरुलाई समेट्दै लगिने बहराइन शाखाको जनाएको छ|निर्वाचित अन्तराष्ट्रिय कलाकार मंच बहराइनलाई अन्तराष्ट्रिय कलाकार मंच केन्द्रिय कमिटिले मान्यता प्रदान गर्दै केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले अन्तराष्ट्रिय कलाकार मंच बहराइनका सबै कलाकार साथीहरुलाई संस्थामा स्वागत गर्दै विश्वमा नेपाली कला र कलाकारहरुलाई स्थापित गर्ने महान अभियानमा एकबद्ध भएर सक्रिय हुनेमा बिश्वास ब्यक्त गरेका छन|

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको अध्यक्ष उज्ज्वल के.सी. तथा अन्तराष्ट्रिय कलाकार मंच कतारका अध्यक्ष भविन तामांगले निर्वाचित कार्य समितिको कार्यकालको सफलताका साथै सहकार्यकोलागि शुभ कामना ब्यक्त गरे|नव-निर्वाचित अध्यक्ष दुलालले समिति निर्माणमा उज्वल केसीको प्रेरणा रहेको बताउदै मंच गठन गर्नुका उद्वेश्य प्राप्तिका लागी सदैब सक्रिय रहने बताएका छन |

नेपाली कलाको संरक्षण,संवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्वेश्यले सन् २००८ मा अमेरिकामा स्थापित यस मंचले हाल विश्वका बिभिन्न देशहरुमा शाखा बिस्तार गरेको छ|जसले नेपाली कलाजगतको बृहदहितका निम्ति नेपाली एक करोड बराबरको ‘अन्तराष्ट्रिय कलाकार मंच सहयोग कोष’को साथै अन्तराष्ट्रियस्तरको ‘अन्तराष्ट्रिय कलाकार मंच सम्मान’ कार्यक्रमको समेत थालनी गरेको छ|