अन्तरक्रियामा देउवा

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको उपस्थितिमा जनसम्पर्क समिति बेल्जियमले संबिधान लेखन बिषायक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | सोमवार बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा युरोपका जनसम्पर्क समितिका प्रतिनिधिहरुका साथै थुप्रै SHERगैर आवासीय नेपालीहरु उपस्थित थिए | कांग्रेस नेता देउवाको साथमा देउवापत्नी सभासद डा. आरजु देउवाको समेत थिइन् | कार्यक्रममा दशैंको शुभकामना आदान प्रदान गर्नुका साथै संबिधान लेखन र बेल्जियमका नेपाली समुदाय संग समबन्धित विभिन्न विषयमा छलफल गरिएको थियो |

कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता देउवाले संबिधान निर्माणको बिषयका धेरै कुराहरुमा सहमति भै सकेको जनाउदै सहमति हुन नसकेको संघीयताको बिषयमा पनि राजनैतिक दलहरु बिचमा  छिट्टै सहमति बन्नेमा आफु विश्वस्त रहेको बताए |

कार्यक्रममा देउवा पत्नी तथा सभासद डा. आरजु देउवाले नयाँ संबिधान बन्न नसक्दा देशले गति लिन नसकेको बताईन | तोकिएको समयभित्र संविधान जारी नभएमा लोकतन्त्र प्रति जनतामा रहेको आशा हराउने र देश गन्तब्यहिन दिशा तर्फ जाने उल्लेख गर्दै जसरी पनि संबिधान जारी गर्नु पर्ने बताईन | उनी संविधान मस्यौदा समितिको सदस्य समेत हुन् |

नेतृ आरजुले प्रवासी नेपालीको हदोहोरो नागरिकताको हकमा राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, प्रधान न्यायाधीश तथा संघीय राज्य प्रमुख जस्ता पाच महत्वपूर्ण राजनीतिक पदबाहेकका अधिकारको प्रत्याभूतिका पक्षमा आफू रहेको बताइन् | उनले एनआरएनलाई विशेष नागरिकता दिने सहमतिमा आर्थिक,सामाजिक तथा सास्कृतिक अधिकार रहने तर राजनीतिक अधिकार नरहने प्रष्ट पारिन|

संबिधानमा दोहोरो नागरिकताको बिषयले अन्य मुद्वाहरु पनि प्रभावित हुन सक्ने बताउदै नागरिकताको बिषयमा बर्तमानमा उल्लेख गरीएको बाहेक अन्य व्यवस्था गर्न नसकिने जानकारी गराईन |

छलफलमा बेल्जियम,जर्मनी,नेदरल्याण्ड,फ्रान्स,लक्जेम्बर्ग,डेनमार्क,पोर्चुगल,स्पेन र बेलायतका जनसम्पर्क समितिका प्रतिनिधिहरुका साथै थुप्रै गैर आवासीय नेपालीहरु सहभागी थिए| जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष सुबास जोशीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको संचालन महासचिब शालिकराम गौतमले गरेका थिए|

समापन लगत्तै देउवाको सम्मानमा लुभेन स्थित लाङगे त्रापेंन रेस्टुरेन्टमा रात्रिभोजको आयोजना गरीएको थियो|उक्त समय जन सम्पर्क समिति युरोपको बिषयमा छलफल समेत गरीएको थियो | छलफलको क्रममा देउबाले विभिन्न देशका जनसम्पर्क समितिका सदस्यहरु सग कुराकानी गरेका थिए| देउवाले जनसम्पर्क समिति युरोपको व्यवस्था विधानमा नभएपनि यस अघि नै गठन गरीएको संगठनलाई आपसी छलफलबाट अघि बढाएमा आगामी अधिवेशनको बेला छलफल गरीने जानकारी गराएका थिए| गठित संगठनका अध्यक्ष दिल गुरुङ र महामन्त्री गंगाधर गौतम हुन्|

छलफलमा सबै जसोले जन सम्पर्क समिति युरोपको आवश्यकता महशुश गरेको जनाउदै यसले छिट्टै गति लिने एक सहभागीले बताए |