अनेसासद्वारा २० महिला सर्जकलाई सम्मान गरिने

logoINLSअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले १० जना महिलालाई “अनेसास विशिष्ट साहित्य सम्मान ” र १० जनालाई “अनेसास डायस्पोरा साहित्य सम्मान” प्रदान गर्ने भएको छ । आगामी मार्च ४ देखि ६ सम्म अष्ट्रेलियाको सिडनीमा आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका अवसरमा उहाहरूलाई सम्मान गर्न लागिएको हो।

समाजद्वारा प्रेषित बिज्ञप्ति अनुसार रमा शर्मा, भागीरथी श्रेष्ठ, पद्मावती सिंह, कुन्ता शर्मा, भद्रकुमारी घले, तोया गुरुङ, उषा शेरचन, लक्कीदेबी सुन्दास, डा. कविता लामा, र डा. उषा ठाकुरलाई “अनेसास विशिष्ट सम्मान” अर्पण गरिने भएको हो।

यसैगरी अनेसास डायस्पोरा सम्मानद्वारा बिमला निरौला (अमेरिका), रजनी श्रेष्ठ (अमेरिका), आचार्य प्रभा (अमेरिका), मन्जु निरौला (अमेरिका), दीपा एवाई  राई (हंगकन), जया राई (बेलायत), निशा अर्याल (इजरायल), सुचित्रा खनिया (इजरायल), जानकी  ढकाल (अष्ट्रेलिया) र मन्जुश्री थापा (क्यानडा) सम्मानित हुनु हुने भएको छ।

समाजका अध्यक्ष पदम विश्वकर्मा संयोजकत्वमा, समाजका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र महासचिव गोवर्धन पूजा सदस्य रहेको समितिको बैठकले उक्त निर्णय गरेको हो