अचार र तितौरा बेचेर बार्षिक ६ लाख आम्दानी

Achar bikriमुग्लिन बजारमा रहेको थ्री सिस्टर अचार तथा तितौरा उद्योगको आज विधिवत उद्घाटन गरिएको छ । २०६५ सालबाट व्यवसायीक रुपमा विभिन्न २३ किसिमका अचार तथा तितौरा उत्पादन गर्दै आएको यस उद्योगको घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख शिवदत्त भट्टराइ र मस्र्याङदी बहुउद्देश्यीय सहकारी संस्था मुग्लिनका अध्यक्ष जयलाल श्रेष्ठले संयुक्त उद्घाटन गुनभयो ।

उद्घाटन कार्यक्रममा उद्योगका प्रोपाइटर तेजबहादुर शेरचन, समाजसेवी नारायण अधिकारी, चन्द्रमण्ँी सापकोटा, श्रीप्रसाद कंडेललगायतले बोलेका थिए । हाल ९ जना रोजगार रहेको यस उद्योग संचालनबाट वार्षिक ५ देखि ६ लाख सम्म आम्दानी गर्न सफल भएको संचालक तेजबहादुर शेरचनले बताउनुभयो । सो अवसरमा अचार बनाउने तरिकाहरु बारे लेखिएको पुस्तकको पनि सोहि अवसरमा बिमोचन गरिएको थियो ।

सामान्य तालिम लिएर २०६३ सालमा अचार बनाएर बिक्री गर्न थाल्नुभएको उहाले २०६५ सालबाट थ्री सीस्टर्सको ब्राण्डमा अचार बिक्री गर्दै आउनुभएको छ । हाल चितवन, काठमाडौं, धादिङ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, तनहुं लगायतका जिल्लामा अचारको माग बढि रहेको उहांले बताउनुभयो । ५० हजार रुपैयां बाट सुरु गरेको उद्योगले अहिले मासिक ३० हजार फाइदा दिने गरेको उहाले बताउनुभयो ।