Jun 132015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

वैदेशिक रोजगारीको सिलसिलामा पति विदेश रहेका महिलासँग रात बिताउने नेपाल टेलिकम उदयपुरका एक कर्मचारीमाथि कुटपिट भएको छ। अर्काकी श्रीमतीसँग रात बिताएको भन्दै महिलाका आफन्तबाट टेलिकम बेलटार शाखाका बुढाथोकी थरका कर्मचारीमाथि सोमबार हातपात भएको हो।

Sex Crime 2टेलिकमको टावर मर्मत गर्न हिँडेका बुढाथोकी जिल्लाको पूर्वी पहाडी गाविस चौदण्डी ५ स्थित गैरीगाउँको एक घरमा बास बसेका थिए। बास बसेकै घरकी महिलासँग रात बिताएको भन्दै आफन्त साने तामाङले उनीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

टावर मर्मत गर्न गएका बुढाथोकी बाटोमा पर्ने महिलाको घरमा बास बस्दा राति उनीहरुबीच अवैध सम्बन्ध भएको चियो गरी बसेका सानेले सोमबार बिहान हिँड्न लागेका बुढाथोकीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपीले बताए।

टेलिकम कर्मचारीले कुटाई खाएको उजुरी आएपछि यथार्थ विवरण बुझ्न इलाका प्रहरी कार्यालय बेलटारको टोली सोमबार दिउसो घटनास्थलतर्फ पठाइएको छ। ती महिलाका श्रीमान् दुई वर्षदेखि विदेशमा रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

 Leave a Reply

(required)

(required)


*