बंगलादेशका दुई नेतालाई झुण्ड्याइने

बङ्गलादेशका दुईजना विपक्षी नेतालाई केही दिनभित्र झुण्ड्याइने भएको छ । शुक्रवार  कानुन तथा न्यायमन्त्री अनिसुल deathहकले  उक्त जानकारी गराएका थिए ।उनका अनुसार दुई जना वरिष्ठ विपक्षी नेतालाई यसअघि युद्धअपराधसम्बन्धी अदालतले दिएको मृत्युदण्डको सजायसम्बन्धी अपिललाई सर्वोच्च अदालतले पनि सदर गरिदिएपछि मृत्युदण्ड दिइने भएको हो ।
सर्वोच्च अदालतले बुधबार दिएको फैसलामा उनीहरुको मृत्युदण्डको सजायलाई सदर गरिदिएको हो जसका कारण अब उनीहरुलाई झुण्ड्याइने निश्चित् भएको हो ।

नेताहरु अलि अहसन मोहम्मद मुजाहिद र सलाउद्दिन क्वादर चौधरीलाई सन् १९७१ मा तत्कालीन पाकिस्तानमा भएको स्वतन्त्रतासम्बन्धी जनआन्दोलनमा जातिहत्या गरेकोमा उक्त अदालतले दोषी ठहर गरेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कागजात पु¥याई मृत्युदण्ड दिइने बताइएको छ ।

बङ्गलादेशमा सन् १९७१ मा भएको क्रान्तिमा पाकिस्तानी शासक र प्रहरीको पछि लागेर बङ्गाली नागरिकको हत्या गरी युद्धअपराध गरेको भनी युद्धअपराध अदालतको फैसलामा कैयौँ व्यक्तिलाई यसरी मृत्युदण्ड दिइएको छ ।