७३ करोडको चिठ्ठा पर्ने मान्छेको खोजी

७३ करोड रूपैयाँ (६१ लाख ७६ हजार २०२ युरो) को चिठ्ठा परेर पनि चिठ्ठा दावी गर्न नआएका एक मान्छेको खोजी भइरहेको छ । गत मार्च २८ को ‘लोटरी ड्र’ मा चिठ्ठा परेका ति व्यक्ति अबको २ हप्तामा देखा नपरे उनले पाएको लोटरी मान्य हुने छैन । त्यसैले बेल्जियमको राष्ट्रिय लोटरीले मिडियामा विज्ञापन गरेर मान्छे खोजीरहेको छ ।

यसअघि बेल्जियममा सन् २००८ मा ठूलो लोटरी परेर पनि लोटरी लिन नआएको घटना छ । त्यतिखेर एक मिलियन युरो (करिब १२ करोड रूपैयाँ) परेको व्यक्ति फेला परेको थिएन ।
Lottery unclaimed