वादी महिलाको सहयोगार्थ गुञ्जिइन् स्विडिस गायिका क्यारोला

Carollaबिहीबार काठमान्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा ज्योतिको घर (द लाइट हाउस फाउन्डेसन नेपाल) को छैटौं वार्षिकोत्सवकोमा स्विडिस गायिका क्यारोलाले वादी समुदायका महिला र अनाथ बालबालिहरुकोे सहयोगार्थ आयोजिक सांगीतिक कार्यक्रममा सहभागी भइन्।

विगत पाँच वर्षदेखि लभ नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गरेर उनले वादी समुदायको महिलाहरुलाई सहयोग गरिरहेकी छिन् । आगामी दुई वर्षमा उनले साँखुमा रहेको २० रोपनी जग्गामा पाँच सय वादी समुदायका युवती र दुई सय ५० केटाकेटीहरुको लागि घर निर्माण गरिदिनेछिन्। कार्यक्रममा उनलाई नेपाली गायिकाहरु रिमा गुरुङ होडा, रेश्मा सुनुवार र मेरी बास्सैको टोलीले साथ दिएका थिए।