अमेरिकी जनतामा ओबामाप्रतिको मोहभङ्ग भएकै हो ?
अमेरिकामा गरिएको एक नयाँ अभिमत सर्वेक्षणमा हाल दोस्रो पदावधिमा रहनुभएका राष्ट्रपति बाराक ओबामा दोस्रो विश्वयुद्ध पछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा पर्नुभएको देखिएको छ । किनिपियाक विश्वविद्यालयले गरेको सर्वैक्षणमा भाग लिने व्यक्तिमध्ये ३३ प्रतिशतले राष्ट्रपति ओबामा गत ७० वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन् । अट्ठाइस प्रतिशतले उहाँ पूर्वका रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसलाई यस्तो अवस्थामा…