साउदीबाट स्वदेश फर्कन नेपालीको ताँती

साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई दिएको आममाफी लिएर स्वदेश फर्कन शनिबारसम्म १३ हजार नेपाली कामदारले दूतावासमा ‘आउटपास’ बनाएका छन्। साउदी सरकारले मे १० देखि जुलाई ३ सम्मका लागि सबै प्रकारका गैरकानुनी हैसियतका कामदारलाई सम्बोधन हुने गरी आममाफी दिएपछि फर्कनेको ताँती लागेको हो। राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार आममाफीका लागि फारम लिन थालेको चार दिनमै ‘आउटपास’ बनाउनेको संख्या १३ हजार पुगेको हो।…

Comments Off on साउदीबाट स्वदेश फर्कन नेपालीको ताँती