राष्ट्रपतिबाट नेपालको नयाँ संविधान जारी

president yadav constitution declarationराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ लागू भएको घोषणा गरेका छन् । उनले संविधानका बैठकलाई सम्बोधन गर्दै संविधान लागू भएको घोषणा गरेका हुन् । ‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

Nepal-new-constitution-announced-By-Rambaranसंविधान घोषणा गरेपछि संविधानसभाको बैठकलार्इ सम्बोधन गर्दै राष्ट्रपति यादवले नेपालीको सात दशकदेखिको सपना पुरा गरेको बताए ।

नयाँ संविधान घोषणासँगै संघीय लोकतान्त्रिक गणतन्त्र पनि संस्थागत भएको उनको भनाइ थियो ।संविधान घोषणासँगै देश दिगो शान्नि, न्यापूपर्ण बाटो र विकासतर्फ लम्कने विश्वास उनले गरेका छन् ।

राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

भारतको असन्तोष-

नेपालमा नयाँ संविधान घोषणा भएलगतै छिमेकी मुलुक भारतले वक्तव्य जारी गरेको छ । तर, भारतले संविधान घोषणाको स्वागत समेत गरेको छैन ।

संविधान जारी घोषणा भएको केहीबेरममै भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरेको हो । वक्तव्यमा ‘नेपालमा संविधान जारी भएको भएको थाहा भएको’ उल्लेख छ । वक्तव्यमा नयाँ संविधानको स्वागत र समर्थनमा कुनै शब्द खर्च नगरी तराईमा जारी आन्दोलनतर्फ बढी चासो व्यक्त गरिएको छ ।