अब पालो वैदेशिक सल्लाहकारको

कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले आफ्नो बैदेशिक सल्लाहकारमा यु.के. निवासी कुल अचार्य र  स्पेन निवासी एकराज गिरीलाई नियुक्त गरेका छन्।

नगर प्रमुख रामचन्द्र जोशीले मंगलबार एक पत्र जारी गर्दै  सोको जानकारी दिएका छन्। आचार्य एनआरएन संघका केन्द्रीय उपाध्यक्ष हुन् ।  एक दशक भन्दा लामो समय युरोपमा बस्दै आएका गिरी संघको युरोप क्षेत्र उपसंयोजक पनि हुन्।

विदेशमा बसेका आचार्य र गिरी वैदेशिक सल्लाहकार नियुक्त भएपछि अबका दिनहरूमा यो पदको भारीको पगरी धेरैले गुत्ने अनुमान गरिएको छ ।