प्रवासी नेपाली एकता समाज युरोपको गठन

युरोपका विभिन्न मुलुकहरुमा छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट नेपालीलाई संगठित गर्ने उदेश्यले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको छ ।  सुरेन्द्रमान अमात्यको अध्यक्षतामा गठित २३ सदस्यीय तदर्थ समितिका उपाध्यक्षमा गौरब न्यौपाने (पोर्तुगल), रोशन सापकोटा (युके), महामन्त्रीमा बिक्रम बानियॉ ( नेदरल्याण्डस ), सहमहामन्त्रीमा विजय शाही (जर्मनी), उपमहामन्त्रीमा भूपाल कार्की (स्कटल्याण्ड ), कोषाध्यक्षमा नरेश कठायत (डेनमार्क), सहकोषाध्यक्ष हरी खत्री (फ्रान्स) रहेका छन् ।
त्यसै गरि समितिका सदस्यहरुमा दीप कु‘वर र हेमा लामा (बेल्जियम) अमिर गुरुङ ( नेदरल्याण्डस ), मनोजकुमार बानियॉ (स्विडेन), नयन मल्ल (नर्वे) धनु ठकुरी (स्विजरल्याण्ड ) मनोज अधिकारी (अस्ट्रिया), संजय शाह (इटाली) रोशनी शाह र भूपाल सिलवाल (स्पेन), कौस्तुप अधिकारी र सुनिता तिवारी (डेन्मार्क), अर्जुन ओली (जर्मनी), सुनिल खड्का (पोर्तुगल) रहेका छन्।
त्यसैगरी प्रवक्तामा गम्भीर उपाध्याय (जर्मनी) लाई तोकिएको छ भने समाजको सल्लाहाकारमा सहदेव गौतम (बेल्जियम), बिभु मिश्र (स्विडेन), रमेशराज बास्तोला (पोर्तुगल) र आकाश थापा ( नेदरल्याण्डस ) लाई मनोनयन गरिएको छ ।