बेल्जियमको लुभेनमा नेपाली फन्को (भिडियो सहित)

पैसाको पछाडी दौडने युवाहरुको कहानीलाई लिएर तयार पारिएको सामाजिक चलचित्र फन्कोको प्रदर्शन बेल्जियममा हुने भएको छ। हेटौडा मुभी मेकरको ब्यानरमा बेल्जयमका नरेन्द्र महर्जन, शहदेब गौतम र पदम गुरुङको लगानीमा निर्मित उक्तfanko-fir फिल्मको नेपाल अघि युरोपबाट प्रदर्शन गर्न लागिएको हो। आउदो सोमवार २३ नोभेम्वर लुभेनस्थित स्तुक हलमा १२ बजे र २.३० बजे गरि दुइ पटक प्रदर्शन गरिने भएको छ। फिल्म युवाहरुको लागी मर्मस्पर्शी भएको बताउदै सहदेब गौतमले हेर्ने अवसर नगुमाऊन सुझाब दिएका छन् ।

कलाकार सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, दयाहांग राई, अनुप बरालको मुख्य अभिनय रहेको फिल्मको ट्रेरल गत शुक्रवार सार्वजनिक गरिएको थियो। चेतन सापकोटाको संगीतमा गायिका इन्द्रिरा जोशीको आफ्नै स्वर रहेको ‘म त लोकल ब्युटी’ बोलको गीत सार्वजनिक भएको छ। गायिका जोशीले समेत गीतमा नायिका प्रियंका संग स्क्रिन सेयर गर्दै नाचेकी छिन।

जीपको मुख्य भूमिका रहेको फिल्ममा सौगात मल्ल ड्राइभर रहेका छन् भने केकी अधिकारी ड्राइभरकी श्रीमतीको भूमिकामा देखा परेकी छन्। फिल्ममा अनुप बराल पेट्रोल पम्प साहु र दयाहांग राई पेसेवर गुण्डाको रुपमा अभिनय गरेका छन। फिल्मले सामयिक राजनीतिक परिवेशलाई उजागर गरेको छ। फिल्ममा कमेडी, सस्पेन्स र हास्यलाइ रोचक ढंगले प्रस्तुत गरिएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा र दमौली क्षेत्रमा फिल्मको छायांकन गरिएको छ। राजमार्गको यात्रा दौरानको घटनालाई समेटिएको चलचित्रमा चरित्र पनि समय र ठाउँ अनुसार गासिदै जान्छ भन्ने कुरालाई देखाइएको छ।