मोना बेल्जियमको अध्यक्षमा कार्की

जनवरी १५ मा सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको चौथो अधिवेशनले चन्द्रबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । गत अगस्टमा अधिवेशनले विवादका कारण नेतृत्व चयन गर्ज नसकेपछि जनवरी १५ मा पुनः अधिवेशन बसेको हो ।

Mona belgiumनयाँ कार्यसमितीको उपाध्यक्षद्वयमा ज्ञानबहादुर बि.क. र गणेश भण्डारी रहेका छन भने महासचिवमा योगेन्द्र बि.क. निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा प्रदीप थापा कोषाध्यक्ष हरि शाही, सहकोषाध्यक्ष मनु जुग्जाली, सदस्यहरूमा चक्रकुमारी गिरी, कृष्ण सुनार, सीता आले, पर्मलाल बिक, सुमन बिसि, नारायण खड्का, ज्ञानु बरुवाल, बाला पुन, युबा संयोजक दिपक कार्कीलाई भेलाले निर्वाचीत गरेको छ ।

त्यस्तै लालप्रसाद पाइजा, राज गिरी, दलबहादुर शाही, लोकबहादुर राना, देवी कार्की, रकेन्द्र घिमिरे, ज्ञान रकाल र चन्द्रप्रकाश शर्मालाई सल्लाहकारमा छानिएको छ।