दार्जिलिङका महिलाले मुन्डन गरे, राज्य सरकारको अल्टिमेटम

gorkhaland
दार्जिलिङमा पश्चिम बंगाल सरकारले नेपाली भाषाका सञ्चार मध्यममा रोक लगाएको छ । नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङलाई छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले पहाडी क्षेत्रमा अनिश्चितकालीन बन्दको आब्हान गरेको छ। जसले गर्दा दार्जिलिङको स्थिति अस्तव्यस्त भएपछि राज्य सरकार दमनमा उत्रेको हो ।
आन्दोलनमा सहभागिहरुको एउटै भनाई रहेको छ-’तेलंगना राज्य हुनसक्छ भने गोर्खाल्याण्ड किन हुनसक्दैन, हामी हाम्रो १०७ बर्ष पुरानो माग यसपाली पुरा गराएरै छाड्छौ। आन्दोलनकारीको मुड हेर्दा यो आन्दोलन हल्का रुपमा रोकिने छैन ।
यसअघि मोर्चाले यसै सात ३ दिन दार्जिलिङ बन्द गराईसकेको छ। भारत सरकारले आन्ध्र प्रदेशबाट तेलंगानालाई छुट्टै राज्य बनाउने निर्णय गरेपछि दार्जिलिङवासी थप आन्दोलित बनेका बताइएको छ।
मोर्चाले अनिश्चितकालीन बन्दका कारण दार्जिलिङ भित्रिने पर्यटक र त्यहाँका होस्टलहरुमा रहने विद्यार्थीलाई दार्जिलिङ छाड्न उर्दी जारी गरेको पनि बनाइएको छ। यद्यपी गोर्खा मुक्ति मोर्चाले दार्जिलिङका चिया बगानलाई भने बन्दमुक्त गरेको छ।

गोर्खा ल्याण्डको माग गरेर मुण्डन गर्दै दार्जिलिङका महिला तथा युवतीहरु ।
गोर्खा ल्याण्डको माग गरेर मुण्डन गर्दै दार्जिलिङका महिला तथा युवतीहरु ।
दार्जिलिङको अर्थव्यवस्थाको आधार चिया उत्पादन, पर्यटक आगमन आदिलाई लिइने गरिन्छ। मोर्चाले आफ्नो एक प्रतिनिधिमण्डलाई गोर्खाल्याण्ड राज्यका बारेमा वार्ता गर्न भारतको राजधानी नयाँदिल्ली पठाएको र अब आफूहरुको आन्दोलन ‘आरपार’को हुने घोषणा समेत गरेको छन्।
यसैबीच शुक्रबार दार्जिलिङमा भारतको केन्द्रीय अर्धसैनिक बलको थुप्रै दस्ता परिचालन गरिएको छ। पश्चिम बंगाल सरकारले पाकिस्तानी, नेपाली लगायत स्थानिय टेलिभिजन च्यानलहरुमा समेत प्रतिवन्ध लगाएको छ।
भारतको पश्चिम बंगाल प्रान्तमा पर्ने दार्जिलिङ क्षेत्रमा छुट्टै राज्यको माग गर्दै दुई दशक अघिदेखि आन्दोलन भइरहेको छ । नब्बेको दशकमा दार्जिलिङलाइ स्वायत्त जिल्लाको रूपमा मान्यता दिइएपछि त्यहाँको आन्दोलन सुस्ताएको थियो । तर स्वायत्त जिल्लाको सम्झाैताले दार्जिलिङको छुट्टै राज्य बन्ने चाहनामा धोखा भएको चर्चा गरिन्छ ।
मूख्यमन्त्री ममता वनर्जिले गोर्खाल्याण्ड आन्दोलन रोक्न अल्टिमेटम
gorkhaland-mapदार्जलिङ्ग आस पास क्षेत्रमा बस्ने नेपाली भाषीहरुले गोर्खा ल्याण्ड राज्यको माग सहित आव्ह्वान गरेको दार्जलिङ्ग बन्द बिरुद्द शनिबार बन्दको आठौ दिन मूख्यमन्त्री ममता वनर्जिले दार्जलिङ्ग बन्द अविलम्ब बन्द गर्न ७२ घण्टाको अल्टिमेटम दिएकी छिन ।
शान्तिपूर्ण बन्द र हड्ताललाई दमन गरिएका कारण यति बेला दार्जीलिंग, मिरिक, सुखिपोखरी, कालिङ्ग्पोङ्ग र खर्साङ्ग आस पासका क्षेत्र आन्दोलित र तनाब ग्रस्त रहेको छ । ममता वनर्जिको पश्चिम बंगाल सरकार आन्दोलनको बिपक्षमा उभिएको छ भने केन्द्र सरकार यस पटक पनि आन्दोलन तुहाउने रणनीतिमा लागेको आन्दोलनकारीहरुको आरोप छ ।