सलमान खानकी नायिका पक्राउ

भारतीय नायिका सना खान र उनका ब्वाइफ्रेण्ड इस्माइल कादर खानलाई महिलामाथि यौन हिंसा गरेको आरोपमा मूम्बई प्रहरीले बुधवार प्रक्राउ गरेको छ |sana-khan

इस्माइल खान विरुद्ध मुम्बई पुलिसमा निर्देशक साहिल खानलाई एक जिम क्लबमा आक्रमण गरेको उजुरी पनि परेको छ | ‘स्टाइल’ नामक फिल्ममा काम गर्दा इस्माइलको साहिल खान संग मनमुटाव भएको थियो | आफ्नी प्रेमिकाका बारेमा गलत समाचार मिडिया दिएको भन्दै उनले खानमाथि आक्रमण गरेका थिए |

नायिका खानले पछिल्लो समय सलमान खानको फिल्म जय हो मा अभिनय गरेकी थिइन्| उनले पचास जति हिन्दी फिल्ममा अभिनय गरिसकेकी छन् |