विवाह गर्न नमानेपछि बाग्लुङमा युवकद्वारा शिक्षिकाको हत्या

बागलुङ हुग्दीशिरका २० बर्षिय इन्द्रबहादुर पुनले हुग्दीशिर उच्चमाविका शिक्षिका तारा श्रीषको हत्या गरेका छन। एक बर्षदेखिको प्रेम सम्बन्धमा विहे प्रस्ताव राख्दा अस्वीकार गरेपछि युवकले प्रेमिकाको हत्या गरेका हुन् । पुनलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।Baglung-hatya-2-650x408

हत्याको आरोपमा पक्राउ परेका पुनले आफूले नै महिलाको हत्या गरेको स्वीकार गरेका छन् । अभियोग स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार साझ बागलुङमा पत्रकार सम्मेलन गरी पुनलाई सार्वजनिक गरेको हो ।

गत असोज ६ गतेदेखी वेपत्ता भएकी महिलाको असोज ११ गते हुग्दिशिर-३ भाटीको छेणास्थित फोहोर फाल्ने खोल्सामा किरा परेको अवस्थामा शव फेला परेको थियो । कुहिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीेले अनुसन्धान गर्दै जाँदा विहीबार पर्वतको फलेबासबाट शंकाको आधारमा ईन्द्र पुनलाई नियन्त्रणमा लिएको थियो ।

अभियुक्त पुनले मृतक महिलासंग आफ्नो लामो समयको प्रेम रहेको, समय समयमा शारीरिक सम्बन्ध हुने गरेको र विवाह प्रस्ताव राख्दा नमानेपछि ज्याकेटको डोरीले घाटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

शिक्षिका तारा श्रीष विवाहित महिला हुन् । केही समयअघि मात्रै उनले आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिईन् । त्यसपछि उनी इन्द्रबहादुर पुनसँग नजिएकी थिईन् ।