मोनाले म्याग्दीको इन्टरनेटका लागि ५० लाख जुटायो

रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् ।

internet-in-villageम्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिए ।

मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले ५० प्रतिशत लगानी गर्न सहमति जनाएको छ । वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी तयारी भएको छ । मोनाको पहलमा प्रवासी म्याग्देलीबाट स्थानीयस्तरमा सङ्कलन गर्नुपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहकार्य गरिएको जिविसले जनाएको छ । रासस