भारतीय सिमा सुरक्षा बल(एसएसबी)द्वारा नेपाली महिला पक्राउ

रोल्पा इरिबाङ्गका यकली पुनमगर र धनकुमारी पुनमगरलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चरेस ओसारपसार अभियोगमा पक्राउ गरेको छ| सुदूरपश्चिमको नेपाल–भारत नाका गड्डाचौकी सीमा नाका छलेर जिमुवाको बाटो हुदै भारत गइरहेको बेला दुवै जनालाई पक्राउ गरेको एसएसबीले जनाएको छ |

महाकाली नदीको शारदा ब्यारेज नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ती दुवैबाट १५ किलो ९८० ग्राम चरेस बरामत गरेको छ| जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विश्वनिरञ्जन प्रधानले गड्डाचौकी नाका छलेर अवैध बाटोबाट भारततर्फ चरेस लैजाने क्रममा ती दुवै पक्राउ परेको बताएका छन्|