बेल्जियममा चलिरहेको ट्रेनमा आगलागी भइ दुर्घटना

wetteren train accidentबेल्जियममा गत राती चलिरहेको ट्रेनमा आगलागी भएको छ । गेन्ट सहर नजिकैको नगरपालिका वेतरनमा सो दुर्घटना भएको हो ।
एक किलोमिटर लामो ट्रेनको ६ डिब्बामा आगलागीले ठूलो क्षति पुर्याएको छ भने अन्य ७ डिब्बामा समेत असर परेको बताइएको छ । बिहानसम्ममा आगो नियन्त्रणमा आइसकेको छ । मालबाहक ट्रेनले लिक फेर्दा सो दुर्घटना भएको भएको थियो ।
नेदरलैण्डबाट गेन्टको बन्दरगाहतर्फ गइरहेको सो ट्रेनले रासायनिक पदार्थ सहितको मालसमान ल्याउँदै गरेको थियो । सो रासायनिक पदार्थ जनस्वास्थ्यका लागि खतरनाक रहेको फायर ब्रिगेडका उद्धारकर्मीहरूले बताएका छन् ।
दुर्घटनास्थलबाट ५०० मिटरको दूरीलाइ सुरक्षा क्षेत्र घोषणा गरिएको छ र करिब ३०० जना स्थानिय बासिन्दाहरूलाइ स्थानान्तरण गरिएको छ ।