बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?

बेल्जियममा जुलाई २१ लाइ राष्ट्रिय दिवस मानिदै आएको छ । बेल्जियम सन् १८३० मा नेदरल्याण्डबाट स्वतन्त्र भएको थियो। सन् १८३१ को फेब्रुअरीमा नेशनल कांग्रेसले एक संबिधानleopold निर्माण गरेको थियो। बेल्जियमका प्रथम राजा लियोपोल्ड प्रथमले १८३१ जुलाई २१ मा ब्रसेल्सको सेन्ट ज्याकोब चर्चमा संबिधान प्रति निष्ठावान रहने सपथ खाएका थिए।राजाले सपथ खाएका दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरिएको हो।

मंगलवार राष्ट्रिय दिवस धुमधामका साथ मनाइएको छ । राष्ट्रिय दिवसको अवसरमा राजा फ़िलिप र रानी मथिल्डेलाई स्वागत गर्न करिब १५०० नागरिक ब्रसेल्सको गिर्जाघर उपस्थित भएका थिए।

बेल्ल्जियम सरकारका सदस्यहरुका साथै युरोपियन कमिसनका अध्यक्ष राजा रानी संगै थिए। प्रिंस लॉरेंट र राजकुमारी क्लेयरले मोन्स र राजकुमारी एस्त्रिड र प्रिंस लोरेन्जले अन्त्वेर्पेंनमा राष्ट्रिय दिवस मनाए।