बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?)

के मैले पनि भर्न र यो आर्थिक सहयोग पाउछु?
पक्कै: यदि,
१) मेरो बच्चा फ्लेमिस पाठशालामा भर्ना भएको छ ।
२) मेरो बेल्जियममा बस्ने नागरिकता वा अन्य अनुमतिको कागज छ ।
३) बार्षिक सरकारले तोक्ने अत्याधिक आम्दानी भन्दा बढी मेरो आम्दानी छैन ।
४) मेरो कम्तिमा पनि बैंक-खाता छ ।
५) मेरो बच्चा बेल्जियमको पाठशालामा तोकिएको नियम भन्दा बढी दिन गयल छैन ।
कहिले सम्म भर्नु पर्ने?
हरेक बितेको सालको विवरण अनलाइनमा हाल सालको जुलाई १ भित्र भरिसक्नु पर्छ । यदी कागजमा भरेर पठाउनु हुन्छ भने सोहि मिति भित्र पुगेकोहुनुपर्छ, अर्थात जुनको २९ तारिक भित्र हुलाकमा निम्न ठेगाना लेखि भुझाएको हुनुपर्छ –
Vlaams Ministerie van Onderwijs en Vorming
Afdeling Studietoelagen
Hendrik Consciencegebouw Koning Albert II-laan 15
1210 Brussel
के यो आर्थिक सहयोगले मेरो तिर्नुपर्ने कर बढ्छ ?
यो तपाइले सरकारी अनुदान स्वरूप पाउने रकम हो । अरु आम्दानी जस्तो सरकारी कर संग कुनै पनि सरोकार हुदैन ।
मैले कति सहयोग पाउछु ?
कति फिर्ता पाउने, निम्न कुराहरुमा भर पर्छ –
पारिवारिक आम्दानी कति छ ?
परिवारमा जम्मा कति जना छन् ?
बच्चा कति कक्षामा छ ?
नियम भन्दा बढी गयल छ कि छैन ?
यी सबै कुरामा भर पर्छ ;
साधारण तय ४ देखि ६ कक्षामा जाने २ जना विद्यार्थी छन् र परिवारमा १ जनाको मात्रै पुरा काम छ भने लगभग १००० यूरो जति पाउछ I
२०१६ को लागि कम्तिमा २५६.३३ यूरो देखि बढीमा ३४५५,०२ यूरो सम्म फिर्ता पाउने प्राबधान छ ।
कति आम्दानी भएपछि पाउदैन ?
बढी र कम को तोकिएको नियम, रकम बर्षेपिच्छे सरकारको बजेट र योजना अनुसार परिबर्तन हुन्छ ।
२०१६ मा एउटा परिवारको वार्षिक ६४,२१५.७६ युरो भन्दा बढी आम्दानी छ, भने यो सहयोग पाइदैन ।
कसरि भर्ने ?
यो भर्न सजिलो छ । बाबु वा आमा मध्ये एकको पुरा विवरण अनि बालबालिकाको विवरण र जादै गरेको पाठशालाको नाम र ठेगाना मात्रै भर्ने हो । विवरण ठिक छ छैन र पुरा हाजिरी छ छैन , बाकी कुरा मन्त्रालयले पाठशाला संग बुझ्छ ।
हरेक पाठशालामा पनि माग्न सकिन्छ वा http://onderwijs.vlaanderen. be/nl/home बाट पनि प्रिन्ट गर्न सकिन्छ ।
अनलाइन वा कागजमा भर्दा साचों विवरण मात्रै दिनु पर्छ । अन्यथा फाइन पनि तिर्नु पर्ने हुनसक्छ । समयमै फारम भरि आफ्नो आर्थिक सहयोगसुरछित राख्नुहोस ।
हरीकृष्ण श्रेष्ठ
हाल: ब्रसेल्स, बेल्जियम