जनसम्पर्क समिति बेल्जियमको अन्तरक्रिया सम्पन्न

नेपाली काग्रेसका नेता तथा नेपाल सरकारका पूर्व उर्जामंत्री डा.प्रकाश शरण महतको उपस्थितिमा जन सम्पर्क समिती बेल्जियमद्वारा शनिवार लुभेनमा आयोजित नेपालको संबिधान लेखनमा नेपाली काग्रेसको दृष्ट्रिकोण बिषयक अन्तरक्रिया सम्पन्न भयो|

कार्यक्रममा गंगाधर गौतम,इन्द्र क्षेत्री,जानकी गुरुङ,माधब सापकोटा र बाबुराजा लामाले नेपालको संबिधान लेखनमा भएका समस्या र नेपाली काग्रेसले खेल्नुपर्ने भूमिकाको साथै प्रवासी नेपालीहरुको बारेमा समेत महत सग चासो राखेका थिए|बिगतको संबिधान सभाबाट संबिधान जारी गर्न नसक्नुका कारण बारे जानकारी गराउदै महतले यस पटक निरास नहुन आग्रह गरे|‘शासकीय स्वरूप सम्बन्धमा राजनैतिक दलहरुबीच रहेको बिबाद आपसी छलफलबाट छिटै समाधान गरी संबिधान जारी गर्नेछौ|’उनले भने|उनले प्रवासी नेपालीहरुलाई सम्बोधन गर्दै नागरिकताको निरन्तरता र सुपुर्दगी सम्वन्धमा पार्टी र सरकारसग कुरा राख्ने जानकारी गराए|kangres

जन सम्पर्क समिती बेल्जियमका अध्यक्ष सुवास जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन समितीका सह-महामन्त्री सुवास गुरुङले गरेका थिए|