प्रहरीको भेषमा आएका समूहले लुटे ४ किलो यार्सागुम्बा

दोलखा माखु–७ घर भएका ४३ बर्षीय लाल बहादुर श्रेष्ठले बिक्री बितरणको लागि ल्याएको ४ किलो यार्सागुम्बा लुटपाट भएको छ ।

yarsagumbaसामाखुसी स्थित राजन खड्काले संचालन गरेको रोयल रेष्टुरेन्टको माथिल्लो तल्लामा विक्री बितरणको लागि यार्सागुम्बा ल्याई बसीरहेको अवस्थामा विहिबार ५/६ जनाको संख्यामा आएका अपरिचित व्यक्तिहरुले हामी प्रहरी हौं भनी झोलामा रहेको उक्त यार्सागुम्बा लुटी भागेका थिए ।

लुटेराहरु मध्ये १ जना बा.३२ प ४५९१ नम्वरको मोटरसाइकलमा गएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग गंगबुबाट खटिएको प्रहरी टोलीले शंकास्पद गोरखा झयालचोक–४ घर भई थानकोट डेरा गरी बस्ने ३३ बर्षीय धनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ भने अन्य फरार व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।