बेल्जियममा मोती जयन्ति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा १५२ औं मोती जयन्ती १० सेप्टेम्वरका दिन लुभेनमा मनाइयो ।

नेपाली साहित्यमा गजल लेखनका अगुवा, समालोचक एवँ अन्वेषक भट्टलाई सम्झदै दीप प्रज्वलनबाट शुरु कार्यक्रम  अनेसास बेल्जियमका  का.वा. अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा भएको थियो ।  जयन्तीमा बिमल गिरी, दीपेन्द्र के.सी, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, सौरभ कारञ्जित, मोहन खत्री, माधव सापकोटा, परमानन्द सापकोटा, राम प्रसाद सापकोटाले आफना  र खिम गुरुड.को कविता परमानन्द सापकोटाले वाचन गर्नु भएको थियो ।

महासचिव परमानन्द सापकोटाव्दारा सँचालित जयन्तीमा उपाध्यक्ष बिष्णु सापकोटाले मोतीराम भट्टबारे  प्रकाश पार्नु भएको थियो ।