बलिउडका नायिकाहरूको  पारिश्रमिक

संसारमै सबैभन्दा बढी फिल्म बन्ने बलिउड पछिल्लो दशकमा बजेटका हिसाबले पनि महंगो हुँदै गएको छ । बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक बढाउने गरेका छन्। तर, फेरि कुनै फिल्म फ्लप भए तुरून्तै कम गरिहाल्ने भन्ने चाँहि हुँदैन। केही भारतीय मिडियाहरूले बलिउडका नायिकाहरूको  पारिश्रमिकको चर्चा गरेका छन् । तिनै रिपोर्टमा आधारित रही यहाँ सूचि तयार गरिएको छ-

दीपिका पादुकोण – १५ करोड भारु

प्रियंका चोपडा – ९ करोड भारु

करिना कपुर – ९ करोड भारु

विद्या बालन – ७ करोड भारु

क्याट्रिना कैफ – ७ करोड भारु

अनुष्का शर्मा – ६ करोड भारु

सोनाक्षी सिन्हा – ६ करोड भारु

श्रद्धा कपूर – ५ करोड भारु

कंगना रनावट – ३ करोड भारु

आलिया भट्ट – ३ करोड भारु

परिणीति चोपडा – ३ करोड भारु