बेल्जियममा पनि मनाईयो गणतन्त्र दिवस

बेल्जियमस्थित नेपाली दूतावासको आयोजनामा सातौँ गणतन्त्र दिवस मनाईएको छ | कार्यक्रम नेपालका पूर्व उर्जामंत्री डा. प्रकाशशरण महतको आतिथ्यतामा शनिवार ब्रसेल्समा सम्पन्न भयो|

कार्यक्रममा महतले गणतन्त्रलाइ  संस्थागत गर्दै लोकतान्त्रिक संबिधान निर्माण गर्नु नै राजनैतिक दलको प्रमुख दायित्व भएकोले निर्वाचन पछिका राजनैतिक दलहरु संबिधान निर्माणको बाटोमा लागेको उल्लेख गर्दै आगामी माघ महिना भित्रमा संबिधान जारी हुने बिश्वास व्यक्त गरे| संबिधानमा एक पटकको नेपाली सधैको नेपाली भन्ने गैर आवासीय नेपालीहरुको मागप्रति सरकार र राजनीतिक दलहरु सकारात्मक रहेको उल्लेख गर्दै ‘नेपालीको नागरिकताको निरन्तरता नेपालको हित हो,’उनले भने| नेपालको आर्थिक बिकाशका लागि  गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रवासी नेपाली नेपालको पूँजी भएको समेत बताए|

कार्यक्रममा बेनेलक्स तथा ईयुका लागी नेपाली राजदूत राममणी पोखरेलले नेपालको बेल्जियम र ईयुसँग सुमधुर सम्बन्ध रहेको चर्चा गरे ।

फोटो- युवराज गुरूङ
फोटो- युवराज गुरूङ

कार्यक्रममा एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापा र एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ लगायत बेल्जियम र नेदरल्याण्डस्थित बिभिन्न सामाजिक सँघ-संगठनका प्रतिनिधिहरु सहभागी थिए|