नेपाली महिलाद्वारा ल्याटीन अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण

nepali-female-mount-climberविश्वका सातै वटा महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा रहेको नेपालका समावेशी महिला पर्वतारोहण टोली दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवा आरोहण गर्न सफल भएको छ।

अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो सो हिमाल चार नेपाली महिलाले गत आइतबार आरोहण गरेका हुन् । शिखर आरोहण गर्नेहरुमा पेमा डिकी शेर्पा, निमडोमा शेर्पा, आशाकुमारी सिंह र चुनु श्रेष्ठ हुनुहुन्छ। आरोहण दलमा माया गुरुङ, पुजन आचार्यसहित सात जना सम्मिलित छन्। मौसम प्रतिकूल रहेको र आरोहण अभियानमा नौ दिन लागेको बताइएको छ ।

सो दलले यसअघि एसिया महादेशमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै अष्ट्रेलिया, युरोप र अफ्रिकी महादेशका सर्वोच्च शिखरहरुको सफल आरोहण गरिसकेको छ।