बेल्जियममा अब २ राजा र ३ रानी

बेल्जियमका राजा अल्बर्ट द्वितीयले बिस वर्षपछि आइतवार राजगद्दी परित्याग गरेपछि फिलिप बेल्जियमका सातौँ नरेश बनेका छन्| राजधानी ब्रसेल्सको रोयल पार्कमा भव्य समारोह,बिदाइ तथा उत्सव मनाइयो |उनले बिहान राजकीय चर्च सेन्ट मिसेलमा रोमन क्याथोलिक प्रचलन अनुसार पूजा गरेका थिए|उनले बेल्जियमका तिन राष्ट्रिय भाषा(नेदरल्याण्ड,फ्रेन्च र जर्मन)मा सपथ लिए|राष्ट्रिय दिवसका दिन राजगद्दीको सपथ लिने उनी दोश्रो राजा भएका छन|उनले प्रतिनिधि सभा र सिनेटको संयुक्त सभामा सपथ लिएका थिए|
Abdication Of King Albert II Of Belgium, & Inauguration Of King Philippeराजा अल्बर्टले टेलिभिजन मार्फत राष्ट्रव्यापी प्रसारण गरिएको कार्यक्रममा राजगद्वी परित्याग गरेको दस्तावेजमा हस्ताक्षर गरे|“मेरो विश्वासलाई फिलिप र माथिल्दमा सारेँ” उनले हस्ताक्षरको क्रममा बताए |उनले फिलिपलाई ठूलो हृदय र बुद्विमत्तापूर्ण तरिकाले देशको सेवा गर्न आग्रह गर्दै आफ्नो २० बर्षे शासनकालमा सघाएकोमा महारानी पायोलालाई समेत धन्यवाद दिए |उनले नयाँ नरेश फिलिपलाई जनता सामु प्रस्तुत गर्न पाएकोमा खुशी तथा कृतज्ञ भएको बताए|उनले केहि समय पछि बार्तली छाडे|
केहि समयपछि राजा फिलिप रानी माथिल्द र चार सन्तानसहित देखा परे|चर्च सेन्ट मिसेल स्थित राजप्रसादमा राजा फिलिपले पनि उक्त दस्तावेजमा हस्ताक्षर गरे|
उनले बाबाको २० बर्षेको अभिप्रेणात्मक राजगद्विको नेतृत्वपछी परित्याग गरेको र आफु गहन रुपमा कृतज्ञ भएको बताए|बाल्कोनीमा रानी माथिल्द क्रिम कलरको स्कर्ट र छोरीहरु रातो र छोराहरु निलो कलरमा देखा परेका थिए|५३ बर्षिय राजा फिलिपकी पत्नी माथिल्द अब बेल्जियमकी महारानी भएकी छिन | उनीहरुका जेठो छोरी एलिजावेथ राजगद्वीको पहिलो उत्तराधिकारीको रुपमा राजकुमारी बनेकी छिन|उनि बेल्जियमको पहिलो महारानी बन्ने छिन|
पूर्व राजा अल्बर्टको “राजा”को पदवी भने कायमै रहने छ| तर ‘बेल्जियन जनताका राजा’ भनेर फिलिपलाइ चिनिने छ । फिलिपकी ठूली आमा फाबिअला (दिवंगत राजा बोवदीनकी श्रीमति) र आमा पावला पनि “रानी” बनिरहनेछन | तर माथिल्द “बेल्जियम जनताकी रानी” कहलिने छिन | राजकाजको संवैधानिक अधिकार भने नवराजा फिलिप र उनकी रानीका रहने छ ।
राजप्रासाद बाहिर हजारौ मानिस जम्मा भएका थिए| यस कार्यक्रमलाई टिभीमा लाखौले हेरेको अनुमान गरिएको छ|यस अघि पनि छिमेकी राष्ट्र नेदरल्याण्डकी महारानी बेत्रिसले राजगद्वी त्यागी उनका छोरा विलेम–अलेक्जेन्डर गद्विनसिन भएका थिए |
पाचौ राजा बाउदोईन निसन्तान भएकोले अल्बर्ट राजा भएका थिए|सन् १८३० मा नेदरल्याण्डबाट स्वतन्त्र भएको मुलुक बेल्जियममा सन् १८३१ जुलाई २१ मा राजतन्त्रको स्थापना भएको थियो|जर्मन राजकुलका लियोपोल्ड प्रथम बेल्जियमको पहिलो राजा भएका थिए|सन् १८३० देखि स्वतन्त्र राष्ट्रको रुपमा रहेको यो मुलुकको केहि भाग भने विश्वयुद्वको क्रममा जर्मनीबाट शासित रह्यो|
१ करोड १० लाख जनसंख्या रहेको पश्चिमी युरोपेली मुलुक बेल्जियम आर्थिक रुपमा सुढ्रड र सवल रहेको मानिन्छ |मुख्य गरि फ्रेन्च र नेदरल्याण्डभाषी दुइ समुदायको भाषिक तनावमा राजतन्त्रको भूमिका महत्वपूर्ण र राष्ट्रिय एकताका लागि सहयोगी रहँदै आएको छ| बेल्जियमका राजा “सेरोमोनियल किंग” हुन् |बेल्जियममा राजतन्त्रलाई राष्ट्रिय एकताको प्रतीकको रुपमा लिइन्छ|
– दीपकज्योति पौडेल