लिङ्ग प्रत्यारोपण गरिएका युवककी प्रेमिका गर्भवती !

जोहानेस्बर्गमा लिङ्ग प्रत्यारोपण गरिएका एक दक्षिण अफ्रिकी युवक पिता बन्न लागेका छन् ।  लिङ्ग केही महिनामात्र अघि प्रत्यारोपण गरी उनको शरीरमा राखिएको थियो । पुरुष यौनाङ्ग प्रत्यारोपण गरिएका उनी विश्वका पहिलो पुरुष हुन् ।
उनको अङ्गले काम गरेको प्रमाण देखिएपछि यो अङ्ग प्रत्यारोपण गर्ने चिकित्सकहरु पनि निकै नै खुसी देखिएका दक्षिण अफ्रिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।
penis-transplant-south-africaविशेष शल्यक्रियामार्फत उनको यौनाङ्ग प्रत्यारोपण गरिएको थियो । उनका चिकित्सकले उक्त शल्यक्रिया गरी प्रत्यारोपण गरिएको केही महिनामात्र पछि उनकी केटी साथी गर्भवती भएको बताएका छन् ।
उक्त अङ्ग प्रत्यारोपणका लागि गरिएको शल्यक्रियामा संलग्न चिकित्सक समूहको नेतृत्व गरेका एकजना चिकित्सक मुत्र रोगसम्बन्धी विशेषज्ञ एन्ड्रयु भ्यानले भने – २१ वर्षीय ती युवककी केटी साथी गर्भवती भएकी छिन् ।
मलाई उनले यो सूचना दिएका छन् कि उनकी केटी साथी करिब चार महिनादेखि गर्भवती भएकी छिन् । चिकित्सक भ्यान स्टेलबोन्च विश्वविद्यालयमा कार्यरत रहेका छन् ।
चिकित्सक भ्यानले भने– हामी निकै नै खुसी छौँ, किनभने उनको यौनाङ्गमा कुनैपनि समस्या देखिएको छैन, उनको यौनाङ्गले राम्रैसँग काम गरिरहेको छ ।
अब उनी बुबा बन्ने पक्का भएको छ र गर्भको बच्चालाई अब केहीले पनि सङ्क्रमित बनाउन सक्दैन– उनले भने । शल्यक्रियापछि नै ती युवकको अङ्गले राम्रैसँग कामगर्न थालेको थियो र चाँडै उक्त अङ्गले कामगर्न थालेकोमा भने उनी आश्चर्यचकित भएको बताएका थिए ।
हामीले त उक्त प्रत्यारोपण गरिएको त्यस अङ्गले पूर्ण रुपमा कामगर्ने हुनका लागि कम्तीमा पनि दुई वर्षलाग्छ भनेका थियौँ तर ती पुरुषको अङ्गले भने यति चाँडै नै कामगर्‍यो खुसीकै कुरा हो– चिकित्सक भ्यानले भने ।
ती पुरुषको परिचय दिइएको छैन र उनलाई अरु कसैले उक्त यौनाङ्ग दान गरेका बताइएको छ । गएको डिसेम्बर ११ मा नौ घन्टा लगाएर चिकित्सकहरुको एक ठूलो समूहले उनको शरीरमा उक्त अङ्ग प्रत्यारोपण गरिएको थियो ।
केप टाउनको तिगरबर्ग हस्पिटलमा सो शल्यक्रिया गरिएको हो । उक्त अस्पतालमा गरिएको यो नै पहिलो यौनाङ्गको सफल प्रत्यारोपण हो । उनको अङ्गले काम नगर्नेगरी समस्या उत्पन्न भएपछि तीन वर्षमात्र अघि काटेर फालिएको थियो । त्यसपछि उनलाई एक पुरुषले अङ्ग दान दिएका थिए ।
उनको अङ्ग काटेर फालेपछि उनी तनावमा देखिएका थिए । पछि एकजना अर्को व्यक्तिले यौनाङ्ग दिन्छु भनेपछि ती व्यक्तिलाई नै साथमा लिई उनी उक्त अस्पतालमा पुगेका थिए ।
त्यसयता आफूहरुले पुरुषको यौनाङ्गको प्रत्यारोपण गर्ने काम गर्न थालेको ती चिकित्सकले जनाएका छन् । तर चिकित्सक भ्यान भन्छन्– हुनत यो कामका लागि निकै धेरै व्यक्ति अस्पताल आउने गर्छन् तरपनि अङ्ग दान दिने व्यक्तिको भने कमी देखिन्छ । यसैका कारण यस काम पनि चुनौतीपूर्ण भएको उनको भनाई छ ।
हाल पनि उक्त अस्पतामा यौनाङ्ग प्रत्यारोपणका लागि नौ जना व्यक्तिको कार्य भइरहेको उनले जानकारी दिए । उनले भने– मानिसहरु यस कामलाई निकै सजिलो होला भनेर सेवाका लागि आएका देखिन्छन् तर त्यति सजिलो काम यो होइन ।
– रासस/एएफपी