पाँच दिनसम्म पुरिएका पेम्बाको साहसी उद्धारकर्ता

नुवाकोटका १८ वर्षीय पेम्बा तामाङलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको रेक्स्यु टिमले भुकम्प गएको ४ दिनपछि बुधवार सकुशल उद्धार गरेपछि उनको प्रसिद्धि देश-विदेशमा फैलिएको छ । विदेशी रेक्स्यु टोलीले लडेको भवनभित्र मानिस रहेको जानकारी गरेपछि सशस्त्र प्रहरीको रेक्स्यु टिमले ढलान फोरेर तामाङलाई सकुशल बाहिर निकालेको हो । पेम्बालाई उद्धार गर्न फ्रान्सको रेक्स्यु टोलीले सहयोग गरेको थियो ।

rescue hero basnetकरिब ६ घण्टा लगाएर १० फिट लामो सुरुङजस्तो ठाउँबाट उनलाई रेक्स्यु टिमका लक्ष्मण बस्नेतले कुसशलतापूर्वक उद्धार गरेका थिए । असीम शाहसका बस्नेतलाई अहिले विदेशी च्यानलहरुले धेरै फलो गरिरहेका छन् ।

पेम्बालाई जीवितै उद्धार गरेपछि सशस्त्र प्रहरी बलका प्रमुख कोषराज वन्त, गोगंबुवासी र विदेशी रेक्स्यु टिमले समेत बस्नेतलाई बधाई दिएका थिए । अहिले पेम्बाको आर्मी हस्पिटलमा उपचार भइरहेको छ ।

पेम्बालाई सकुशल उद्धार गर्न सकेकोमा बस्नेत यतिबेला निकै खुसी भएका छन् । बस्नेतले ढलान काट्दै र खोल्दै पेम्बा भएको ठाउँमा पुगेका थिए ।

पेम्बा बाहिर आएपछि उनले मसँग नै पुरिएका दुई जना साथी खोई भन्दै चिच्याएका थिए । पेम्बाले मलाई भित्र देख्नासाथ म कहिलेदेखि पुरिएको हो भनेर प्रश्न गरेपछि मैले अघि भर्खर मात्र हो भनेर आश्वस्त तुल्याएँ, बस्नेतले भने । घटनाको वर्णन गर्दै बस्नेतले भने, ‘सिथिल बनेका पेम्बाले मसँग पानी मागे । मैले उनलाई सुतेरै पानी पिलाएँ ।’ भित्र पसेर निकाल्नलाई गाह्रो भएन भनेर प्रश्न गर्दा बस्नेतले भने, ‘यो मेरो कर्तव्य थियो, त्यसैले मलाई गाह्रोको कुनै महसुस नै भएन ।’