मृदुला किन आइन् अमेरिका छाडेर ?

अमेरिकामा रेस्टुराँ व्यवसाय गरिरहेकी मृदुला कोइराला किन नेपाल आइन् ? मृदुलाको बारेमा हुुने हरेक चर्चासँगै यो प्रश्न पनि छुट्दैन । प्रश्न स्वाभाविक पनि छ, प्रधानमन्त्रीको अवैतनिक जनसम्पर्क सल्लाहकार भएर उनले के भूमिका निभाइरहेकी छटन् ?

प्रधानमन्त्री कोइरालाका सहयोगी लक्ष्मण ढकाललाई उछिट्याएर बालुवाटारको किचन क्याबिनेटमा प्रवेश गरेकी मृदुलाले प्रधानमन्त्रीकै भान्जा रमेश भण्डारी र कांग्रेसको मुख्यसचिव समेत भइसकेका वसन्त गौतमलाई समेत अहिले ढिम्किन दिइरहेकी छैनन् । वसन्त गौतम अहिले प्रधानमन्त्रीसँग भेट्न नपाएको हप्तौँ भइसक्यो भन्दै अन्य कांग्रेसजनहरुसँग लाचारी प्रकट गरिहेको छन् ।

प्रधानमन्त्रीको किचन क्याबिनेट अहिले उनका भतिजा अतुल कोइराला र भान्जी मृदुला कोइरालाले चलाइरहेका छन् ।

आखिर को हुन् ती ?

SONY DSCविराटनगरको कोइराला परिवारमा मृदुलाको मामाघर हो । नातामा सुशील कोइराला पनि मामा नै पर्छन् । २५ वर्षदेखि अमेरिकामा रहेकी उनी सुशील प्रधानमन्त्री भएपछि मात्र नेपाल बस्ने गरी आएकी हुन् । उनका श्रीमान् गोविन्द कोइरालाले फुलब्राइट विश्वविद्यालयमा पढ्न छात्रवृत्ति पाएपछि परिवारै अमेरिका बस्न थालेको हो । कोइराला परिवारका जो अमेरिका गए पनि उनीसँगै बस्थे ।

पछिल्लोपल्ट सुशील, सशांक र मनीषा पनि उनीकहाँ नै बसेका थिए । मृदुलाले नै तिनको सेवासुश्रुसा गरेकी थिइन् । कोइराला परिवारनिकट स्रोतअनुसार, खासमा उनी गिरिजाप्रसाद प्रधानमन्त्री छदै बालुवाटार बस्न चाहन्थिन् । यसको कारण थियो, न्युयोर्कमै रहेका नेपालीबीचको प्रतिस्पर्धा ।

त्यसमा पनि नेपाली कांग्रेसकै प्रवास समितिहरूभित्र कोइराला र देउवा गुटबीच यस्तो प्रतिस्पर्धा बढी रहेको छ । “यताको शक्तिकेन्द्रको नजिक बसेर उच्च हैसियत देखाउने अनि उता सम्पर्क र व्यापार बढाउने प्रतिस्पर्धा प्रवृत्तिकै रूपमा देखिएको छ,” प्रधानमन्त्री निकट स्रोत भन्छ, “मृदुला मात्र होइन, सुशीलका वरिपरि रहेका कोही पनि सुशील र राष्ट्रको सेवा गर्ने भावनाले आएका होइनन् ।”

तर, मृदुला कोइराला भने प्रधानमन्त्रीलाई सहयोग गर्न र राष्ट्रको सेवा गर्न आएको दावी गर्छिन । ‘म मेरो व्यक्तिगत चाहानाले मात्रै नेपाल आएको होइन’ उनले भनिन्,‘ नेपाल आउनु,प्रधानमन्त्रीको सल्लाहाकार टिममा रहनुमा मेरो कुनै स्वार्थ छैन । ’

– ओएनएस न्युज