लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने

Jyoti thapa lok dohoriनेपालका अनेकन संस्थाका प्रवासमा शाखाहरू खुल्ने गरेका छन् । त्यसैले भनिन्छ- प्रवासमा जति नेपाली छन्, त्यति नै संस्था छन् । अब शाखा खुल्ने पालो बनेको छ- लोक तथा दोहोरी गीत प्रतिष्ठानको । यु.के. शाखा गठन गरिसकेको दोहोरी गीत प्रतिष्ठानले यही फेब्रुअरीका पोर्चुगलको लिस्बन जमघट भएर यूरोप शाखा गठन गर्ने भएको छ। युरोपमा बस्दै आएका नेपाली लोक दोहोरी कलाकारहरुको पहलमा युरोप शाखा गठन हुने भएको हो।

यसनिम्ति लोक दोहोरी गायिका सुमी घिमिरे सापकोटा लागि परेकी छन् ।

शकुन्तला थापा, बिनिता लामिछाने,बलराम पुन, पूर्ण अर्याल, दिपक बुढाथोकी, सुवासचन्द्र पुनमगर, इमान सिंह बुढा मगर, पुर्ण अर्याल, सन्तोष पौड्याल, तेज गाहा मगर, दिपक बुढाथोकी, हरिकृष्ण बि.क,शम्भु सिलवाल,आशिष परियार, चित्र मगर, प्रेम गुरुङ, अंकिता घर्ती, लिल गुरुङ, दुर्गा थापा, जेबी ओली,अनिता राना र लालमोती गुरुङ भुबन अछामी,नबीन भट्टराई,लगायतक नयाँ पुराना लोक दोहोरी कलाकार/गायकहरु युरोपमा बस्दै आएको बताइएको छ ।