काठमाडौँका नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व

काठमाडौँका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ । तेह्रौँँ महाधिवेशनको तयारीका क्रममा नगर समितिमा नयाँ नेतृत्व निर्वाचित भएको नेपाली काँग्रेस काठमाडौँले जनाएको छ । कागेश्वरी मनोहरा नगरमा नवराज पुडासैनी, गोकर्णेश्वरमा श्रीकृष्ण ज्योति, बूढानीलकण्ठमा गणेश कोइराला, टोखामा वसन्त श्रेष्ठ, तारकेश्वरमा श्रीराम थापा, चन्द्रागिरिमा घनश्याम गिरी, कीर्तिपुरमा कृष्णराम श्रेष्ठ र दक्षिणकालीमा मोहन बस्नेत प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका छन । शङ्खरापुर…

Comments Off on काठमाडौँका नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व

बेल्जियमममा मनाइयो मेलमिलाप दिवस

जनसम्पर्क समिति बेल्जियमले ४० औ मेलमिलाप दिवस मनाएको छ । राष्ट्रिय अस्तित्व नै संकटमा परेकोले आफ्नो ८ वर्षे प्रवासी जीवनमा पूर्णविराम लगाएर स्वदेश फर्केका बीपीको राष्ट्रिय संकटका बेला देश भित्रका सबै शक्ति मिल्नु पर्ने मेलमिलाप नीतिको चर्चा परिचर्चा गर्दै मेलमिलाप दिवस मनाइएको हो । सोमवार जनसम्पर्क समिति पोर्तुगलका सस्थापक अध्यक्ष पूर्ण हमालको प्रमुख आतिथ्यतामा लुभेनमा सम्पन्न कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर…

Comments Off on बेल्जियमममा मनाइयो मेलमिलाप दिवस

बेल्जियममा राष्ट्रिय एकता दिवस मनाईयो

बेल्जियमका नेपालीहरुले पुस २७ लाई राष्ट्रिय एकता दिवस एवं २९४ पृथ्वी जयन्तीका रुपमा मनाएका छन। आइतवार प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा भएको योगदानको चर्चा गरिएको थियो। एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमका प्रवक्ता सुवास गुरुङ, क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्री, प्रवासी नेपाली मञ्चका गोपाल सिंखडा, सांग्रिला…

Comments Off on बेल्जियममा राष्ट्रिय एकता दिवस मनाईयो

बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

नेपाली एकता समाज बेल्जियमले पृथ्वी जयन्ती पुस २७ लाई भव्यताका साथ मनाउने भएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९४ औँ जन्मजयन्तीको अवसरमा बेल्जियमको लुभेन स्थित रेस्टुरेन्ट डिएफसीमा यहि जनवरी १० आइतवार का कार्यक्रमको आयोजना गरिएको छ। समाजले राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाल सरकारमा सम्मिलित राजनैतिक दलहरुले राष्ट्रिय एकता दिवस मनाउनु पर्ने बताउदै…

Comments Off on बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवसको आयोजना

बेल्जियममा ४० औ राष्ट्रिय मेलमिलाप दिवसको आयोजना गरिएको छ । कार्यक्रम यहि सोमवार दिनको १ बजे लुभेनमा सम्पन्न हुदैछ । कार्यक्रम सम्पन्न गर्नको लागी नेपाली काग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानको संयोजकत्वमा आयोजक समिति समेत गठन गरिएको छ । कार्यक्रममा सहभागिताको लागी बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई आव्हान समेत गरिएको छ ।

Comments Off on बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवसको आयोजना

गृह जिल्ला पुगेर सभापतिको घोषणा गर्छु- नेत्री कोईराला

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गृह जिल्ला पुगेर सभापतिको उम्मेदवारी घोषणा गर्ने बताएकी छन । प्रेस युनियन सल्यानले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन “अहिले कार्यकर्ता भेटघाटमा छु, कार्यकर्ताको सुझावकै आधारमा सभापतिका लागि उम्मेदवारी दिन्छु।” पार्टीभित्र देखिएको विभिन्न गुट उपगुट आसन्न महाधिवेशनबाट समाप्त भएर जाने दाबी गर्दै भनिन  “सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन नेतृत्व हस्तान्तरण गरेपछि पार्टीभित्रको गुट समाप्त…

Comments Off on गृह जिल्ला पुगेर सभापतिको घोषणा गर्छु- नेत्री कोईराला

गैरनेपाली नागरिकलाई बाँडिएको नागरिकता फिर्ता गर्नु पर्छ: भूमिसुधार सहायक मन्त्री श्रेष्ठ

भूमिसुधार तथा व्यवस्था सहायक मन्त्री दिनेश श्रेष्ठले विगतमा ४० लाख गैरनेपालीलाई बाँडिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने बताएका छन । सूर्यविनायक नगरपालिकाले सोमबार  आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ नगरस्तरीय प्रचार अभियानमा उनले  मधेशमा जारी आन्दोलन नेपाली नागरिकता लिने गैरनेपालीले उठाएको जिकिर गर्दै भने – “पहिला ४० लाख गैरनेपालीलाई नेपाली नागरिकता दिँदा तराई आन्दोलनका नाममा दशगजा कब्जा…

Comments Off on गैरनेपाली नागरिकलाई बाँडिएको नागरिकता फिर्ता गर्नु पर्छ: भूमिसुधार सहायक मन्त्री श्रेष्ठ

संबिधान कार्वान्वयनका लागी १३८ वटा कानुन बनाइदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहितको नयाँ संविधान कार्यान्वयन गर्न करिब १३८ नयाँ कानुन बनाउने कार्य तीव्ररुपमा अघि बढेको छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने करिब ११० सङ्घीय, २२ प्रान्तीय र छ स्थानीय कानुन तर्जुमा गर्न यतिखेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई भ्याइनभ्याइ छ । संविधानबमोजिम जनताका हक अधिकार कार्यान्वयन गर्न र राज्य सञ्चालनका तीन तह केन्द्रीय, प्रान्तीय र स्थानीय…

Comments Off on संबिधान कार्वान्वयनका लागी १३८ वटा कानुन बनाइदै

नाकाबन्दी विरुद्व नेदरल्याण्डसमा पनि प्रदर्शन

तीन महिना देखि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नेदरल्याण्डसका नेपालीहरुले मंगलवार नेदरल्याण्डसको संसद भवन अगाडी विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शन पछी परराष्ट्र आयोगका अध्यक्ष एन्गेलिन आईसिंगलाई ज्ञापनपत्र बुझाएका छन। ज्ञापनपत्रमा सार्वभौम राष्ट्र नेपाल माथि भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धि बिपरित भएको उल्लेख गरिएको छ। कार्यक्रम गैर आवासीय नेपाली संघ नेदरल्याण्डस, जनसम्पर्क समिति, प्रवासी नेपाली मंच लगायत अन्य नेपाली संघ…

Comments Off on नाकाबन्दी विरुद्व नेदरल्याण्डसमा पनि प्रदर्शन

फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्व ज्ञापनपत्र

भारतको तीन महिनादेखिको अघोषित नाकाबन्दीको विरोधमा फ्रान्सेली संसदका सभामुख क्लाउड बार्तोलोनलाई ज्ञापनपत्र बुझाइएको छ। एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले नेपाली समुदायको तर्फबाट ज्ञापनपत्र बुझाउदै लामो समयको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको र सार्वभौम राष्ट्रमाथि भारतको गैर कुटनीतिक व्यवहार अन्तर्राष्ट्रिय सन्धि विपरित रहेको जानकारी गराएका थिए। पेरिसस्थित ओभरभिलिए नगरपालिकाको कार्यक्रममा उपस्थित सभामुख संग अर्यालले भेट गरेका थिए। फोटो/ निर्मल अर्याल

Comments Off on फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्व ज्ञापनपत्र

नाकाबन्दीविरुद्ध ‘रक्तिम सांस्कृतिक अभियान’

भारतको अघोषित नाकाबन्दीको विरुद्धमा थालिएको ‘रक्तिम सांस्कृतिक अभियान’को टोली सोमवार चितवन पुगेको छ । नाकाबन्दीले पारेको असरलाई सहन गर्न सक्ने क्षमता विकास गराउने भन्दै मङ्सिर १४ गते पोखराबाट अभियान सुरु भएको थियो । रक्तिम सांस्कृतिक अभियानअन्तर्गत कलाकारले विभिन्न जिल्लामा सडक तथा चोकमा सांगीतिक कार्यक्रम पस्कँदै आएको छ । जनवादी गायक जीवन शर्माले अगुवाइ गर्नुभएको टोलीको शनिबारदेखि चितवनमा अभियान चलिरहेको छ…

Comments Off on नाकाबन्दीविरुद्ध ‘रक्तिम सांस्कृतिक अभियान’

मोटरसाइकललाई उत्तरी क्षेत्र जान रोक

दक्षिणी क्षेत्रमा नेपाली नम्बर प्लेटका मोटरसाइकल जलाइदिने क्रम बढेपछि प्रहरीले उत्तरी क्षेत्रबाट जाने त्यस्ता मोटरसाइकलमा रोक लगाएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेपाली नम्बर प्लेटको मोटरसाइकल जलाइदिने घटना बढेपछि पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट मलङ्गवासहित भारतीय क्षेत्रमा आउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश खड्काले जानकारी गराए । “नेपाली नम्बर प्लेटको मोटरसाइकल दक्षिणी क्षेत्रमा जलाइदिने र…

Comments Off on मोटरसाइकललाई उत्तरी क्षेत्र जान रोक

नेपाल र भारतको असमझदारी छिटै हट्ने

उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नेपाल र भारतबीच बढेको असमझदारी छिट्टै हट्ने बताएका छन । भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किनुभएका थापाले “मुलुकको वर्तमान स्थितिमा सुधार आएपछि सम्बन्धमा सुधार आउने” बताएका हुन्  । तीन दिने भ्रमणबाट फर्केका थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भ्रमण दुई देशबीच कायम असमझदारी हटाउन फलदायी भएको बताए । भ्रमणका क्रममा उप–प्रधानमन्त्री थापाले…

Comments Off on नेपाल र भारतको असमझदारी छिटै हट्ने

अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अघोषित नाकाबन्दीले नेपालमा उत्पन्न गरेको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न सङ्घसंस्थाद्वारा विश्व अन्तर्राष्ट्रिय मूल्याङ्न सप्ताहको अवसरमा संयुक्त रुपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनलाई बुधवार  सम्बोधन गर्दै प्रधानमन्त्रीले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्याबारे सम्मेलनमा जानकारी गराउनु भयो । सम्मेलनमा एक सय देशबाट प्रतिनिधिका रुपमा विकास विज्ञ, विभिन्न मुलुकका…

Comments Off on अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आग्रह

बंगलादेशका दुई नेतालाई झुण्ड्याइने

बङ्गलादेशका दुईजना विपक्षी नेतालाई केही दिनभित्र झुण्ड्याइने भएको छ । शुक्रवार  कानुन तथा न्यायमन्त्री अनिसुल हकले  उक्त जानकारी गराएका थिए ।उनका अनुसार दुई जना वरिष्ठ विपक्षी नेतालाई यसअघि युद्धअपराधसम्बन्धी अदालतले दिएको मृत्युदण्डको सजायसम्बन्धी अपिललाई सर्वोच्च अदालतले पनि सदर गरिदिएपछि मृत्युदण्ड दिइने भएको हो । सर्वोच्च अदालतले बुधबार दिएको फैसलामा उनीहरुको मृत्युदण्डको सजायलाई सदर गरिदिएको हो जसका कारण अब उनीहरुलाई झुण्ड्याइने निश्चित्…

Comments Off on बंगलादेशका दुई नेतालाई झुण्ड्याइने